बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार

माधव कार्की

सुरेश गौतम
प्रमुख, फियान नेपाल, प्रदेश समन्वय कार्यालय, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– खाद्य अधिकार प्रत्याभुत र सुनिश्चितताको लागि पैरबी तथा वकालत गर्ने उद्धेश्यले स्थापित मानवअधिकारबादी संस्था हो फियान नेपाल । मानव अधिकारको बिश्वब्यापी घोषणापत्र र आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकार सम्बन्धी कानुनी प्रावधानमा अभिमुखीकरण गर्दे आएको यस फियान नेपालले भोकमरी बिरुद्धको अभियान संचालन गर्ने खाद्य अधिकार सम्बन्धी जनचेतना अबिभृद्धि गर्नुका साथै खाद्य अधिकार हनन् सम्बन्धी सवाल सम्बोधन कार्य र नितिगत वकालत तथा पैरबी मार्फत नेपालमा खाद्य अधिकार र खाद्य सम्प्रभुत्ताको संरक्षण र प्रबद्र्धनमा सहजीकरण गर्दै आएको छ । २०६६ सालदेखी नै सरकारी निकायहरु, गैरसरकारी संस्थाहरु र नीजि क्षेत्रहरुसँग समेत सहकार्य गरी जोखीममा परेका समुदायहरुको खाद्य अधिकार सुनिश्चितताका लागि काम गर्दै आएको यस फियान नेपालले आर्थिक सामाजिक तथा खाद्य अधिकार र संस्कृतिक, मानव अधिकार सम्बन्धी काम गर्दै आएको छ । भोक मुक्त नेपाल बनाउने परिकल्पनामा क्रियाशिल यस फियान नेपालले जोखिममा परेका मान्छेहरुको लागि खाद्य अधिकारका सवालमा पैरबी र उनीहरुलाई सहयोगका साथै उनिहरुमा देखिने बिबेदका कुरामा समन्वयमा काम गरिरहेको छ । खाद्य अधिकारको सुनिश्चितताका साथै जनताको खाद्यमा सरल पहुँच पुगोेस् भनेर काम गदै आएको छ । समुदाय स्तरमा समस्या पहिचान गरेर उनीहरुको समस्याहरुको दस्ताबेजिकरण गरेर उक्त कुरा उठान गर्न मिल्ने, नमिल्ने बुझेर पैरबी गर्ने गर्दछौ । समुदायमा सन्जाल तथा सगठन निर्माण गर्ने काम क्षेत्रिय र रास्ट्रीय स्तरमा डेलिगेसन गर्ने कामहरु गर्दै आएको छ ।

२.यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– नेपाल सरकार , खाद्य क्षेत्रमा काम गर्ने संघ संस्था, स्थानिय समुदाय, स्थानिय सरकारका साथै फियान अन्तरराष्ट्रिय, मिजिरियर र राईट टु नेटवोर्क सङ सहकार्य र समन्वयमा काम गर्दै आएको र्छौ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– फियान नेपाल बाँकेले जोखिममा परेका मान्छेहरुको लागि खाद्य अधिकारका सवालमा र दलित महिला पिछडिएका ब्यक्तिहरुको उचित न्यायका लागि लुम्बिनी प्रदेस, कर्णाली र सुदुरपश्चिमका १२ जिल्लाहरुमा कार्यक्रमहरु गर्दै आईरहेको छ ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– फियान नेपालले आफैले समस्या समाधान गर्नु भन्दा पनि विभिन्न समुदायका सवालहरु उठान गर्ने र समस्या समाधानका लागि वकालत तथा पैरबी गर्दै आईरहेको छ । जस मध्ये बर्दियाको गन्दर्भ समुदायको लागि जग्गा प्राप्त भई घर निर्माण भएका छन् । लक्षमणपुर ब्यारेजमा ईन्डियाले बाँध बनाउदा बर्षामा डुबान हुने भएकोले त्यस्को लागि हामीहरुले वकालत गरे पछि दोहोरो बाँध निर्मान भएको छ ।जङ्गली जनावर ले गर्दा जनतामा प्रभाबित हुने त्यसो बिषयमा वकालत गर्ने काम गरेका छौ । बैजनाथ ६ को एउटा टोलमा जग्गाको समस्यामा वकालत गरेपछि हाल लालपुर्जाको लागि निशा प्राप्ती भएको छ । दाङको सगरमाथा सिमेन्ट कम्पनी ले पारेको असर को बारेमा वकालत गरेपछि जनताको हक अधिकार को लागि ध्यान दिनु भनेर अदालतले आदेश दिएको छ । दाङमा कुसुन्डा समुदाय र कुमाल समुदायको लागि पेशा बिस्थापित भएको कुरालाई फियान नेपालले वकालत गरेपछि हाल उनीहरुलाई सरकारले हेर्ने गरेको छ ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– मान्छेलाई न्याय दिलाउने कुरा भाषण गर्न जति सजिलो छ त्यति सजिलो काम गर्न छैन । काम गर्दै जाँदा डलर खेतिको आरोप आउने गर्दछ । पिडितका समस्याहरुको बारेमा वकालत गर्ने उनहिरुको समस्याहरुको बारेमा सरकारी निकाय समन्वय गर्दा सरकारी कर्मचचारीहरुबाट असहज हुने,। श्रोत को अभावको छुट्टै छुनौती हुने र श्रोत ब्यवस्थापनको लागि बाहिरिबाट श्रोत ल्याउँदा पनि उक्त श्रोतको शुनिश्चितता हुन नसक्नाले चुनौतीमा थप चुनौती हुने, नितिगत रुपमै बास्तबिक पिडितहरुलाई न्याय दिलाउन चुनौती छ ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– संस्थाकै लक्ष्य उद्धेश्यका साथ समुदायका लागि काम गर्ने उनीहरलाई संगठित बनाएर लैजानुका साथै राज्यका सेवा र सुबिधा प्राप्तबिाट पछाडी परेका समुदाय र नेपाल सरकार बिच समन्वयकारी भुमिकाकमा हातेमालो गर्दै जाने योजना रहेकबा छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– फियान नेपालले खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको र पहिले पहिले मान्छेहरुले खाने कुरामा पनि सिकाउने कुरा हो र ? भनेर भन्थे तर अहिले आएर सबैले बुझ्न थालेका छन् । हामीले निरन्तर आवाज तथा पैरबीहरु गर्दै आएपछि सरकारले पनि ध्यान दिएर काम गरेको छ । खुशी लाग्छ ।

 

 

  • ४ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech