सामाजिक कार्यमा निरन्तर सक्रियता

माधव कार्की

धर्मलाल रोकाय
अध्यक्ष, ईनरुडेक, कोहलपुर, बाँके

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुर एउटा गैर नाफा मुलक संस्था हो । यो संस्था वि.सं. २०५५ साल भदौ ११ गते जिल्ला प्रशासन कार्यालय, बाँकेमा दर्ता भई बाँके जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई वातावरण संरक्षण, मानवअधिकारको संरक्षण तथा प्रबद्र्धन, स्थानीय शासनको प्रबद्र्धन, पंक्षि संरक्षण लगायतको क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था हो । यो संस्थाले स्थापना काल देखि वातावरण संरक्षण, मानवअधिकारको संरक्षण, बालबालिकाको सशक्तिकरण, महिला सशक्तिकरण लगायत धेरै सवालहरुमा आधारित भई काम गर्दै आईरहेको छ । यो संस्था समाज कल्याण परिषद लगायत गैरसरकारी संस्था महासंघ, मानवअधिकार एलाइन्स, कोक्याप, खाद्य अधिकार संजाल, नेपाल पंक्षी संरक्षण कोष, राष्ट्रिय प्रकोप व्यवीथापन सञ्जाल, डिपिनेड लगायतसंग आवद्ध रहेको छ ।
यस संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुसंगको साझेदारीमा स्थापना काल देखि हाल सम्म विभिन्न विषयगत क्षेत्रहरुसंग सम्बन्धित परियोजनाहरु सफलतापूर्वक संचालन गरिसकेको छ ।
संस्थाले हाल आड्राको सहयोगमा बर्दियाका आठै वटा पालिकामा स्वास्थ्य सुधार सवलिकरण परियोजना सञ्चालन गरिरहेको छ भने आड्रा र आड्रा आईको सहयोगमा सुदुरपश्चिममा सुदुरपश्चिम प्रदेश भुकम्प प्रतिरोधात्मक परियोजना र कर्णाली प्रदेशमा कर्णाली प्रदेश भुकम्प प्रतिरोधात्मक परियोजना सञ्चालन गरिरहेको छ जुन परियोजना भुकम्प प्रभावित डोटीको सायल, बझांगको तलकोट, जाजरकोटका बिभिन्न पालिकाहरुमा सञ्चालित छ भने जाजरकोटको नलगाढ नगरपालिका ९, डोटीको सायल नगरपालिका ४ र बझाँगको तलकोट ६ मा बर्थिंग सेन्टर निर्माणका लागि संस्थाले सहयोग गर्दैछ । यसै गरि भुकम्प प्रभावित डोटी र बझांगका स्थानीयहरुलाई राहत प्रदान गर्नुका साथै जाजरकोटको बारेकोटका ६५०, नलगाढका ११०, जुनिचाँदेका २५० घरधुरीलाई राहत प्रदान गरिसकेको
छ । यसैगरी जेड एसएलको सहयोगमा बन्यजन्तु र मानवको द्धन्द न्यूनीकरण सम्वन्धि परियोजना सञ्चालन भईरहेको छ भने रिनेबल वल्र्डको सहयोगमा बाँकेको बैजनाथ १ को गाभर भ्यालीमा जिविकोपार्जनका लागि सहयोग कार्यक्रम लक्षित बर्ग सहयोग कार्यक्रम सञ्चालित छ भने नेपाल पंक्षि संरक्षण संघको सहयोगमा गिद्ध संरक्षण कार्यक्रम सञ्चालन भईरहेको छ ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– हाल सम्म यस संस्थाले प्लान नेपाल, आई.टि.डि.जि नेपाल, बिश्व पदिृश्य नेपाल, विश्व शिक्षा नेपाल, कारितास नेपाल, युनिसेफ, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, आड्रा, अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् लुथरन वल्र्ड फेड्रेसन, प्याक्ट, लगाएतका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय, तीनै तहका सरकारहरुसंगको साझेदारीमा शिक्षा, मानव अधिकार संरक्षण, सुशासन, वातावरण संरक्षण, स्थानीय शासन तथा सामाजिक परिचालनका क्षेत्रमा बिभिन्न क्रियाकलापहरु संचालन गरिसकेको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ  ?
– हामीले सबै लक्षित बर्गका लागि बिभिन्न प्रदेशहरुमा काम गरिररहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखिनिय कार्यहरु के के हुन ?
– यस संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी दातृ निकायहरुसंगको साझेदारीमा स्थापना काल देखि हाल सम्म विभिन्न विषयगत क्षेत्रहरुसंग सम्बन्धित परियोजनाहरु सफलतापूर्वक संचालन गरिसकेको छ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा स्वयम सेवक परिचालन तथा प्रचार प्रसारमा महत्वपूर्ण काम गरे बापत राष्ट्रिय योजना आयोग र अन्तराष्ट्रिय स्वयम सेवक वर्ष २००१ राष्ट्रिय निर्देशक समिति नेपालबाट राष्ट्रिय स्तरमै सम्मानित भईसकेको उक्त संस्थाले बिगतका बर्षहरुदेखिनै बिभिन्न अन्तराष्ट्रिय दातृ निकायहरुसंगको साझेदारीमा बिभिन्न क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । कोभिडको समयमा एबिटि र अष्ट्रेलियन एडको सहयोगमा बाँके, बर्दिया, दांग र रुपन्देहीमा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको थियो । उल्लेखित कार्यहरु हामीले गरेका उल्लेखनिय कार्य हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– लामो समय सामाजिक क्षेत्रमा काम गर्दा श्रोतको अभाव, अस्वस्थ प्रतिष्पर्धा र संस्थाहरु प्रतिको नकारात्मक सोच लगायतका चुनौतीहरु सामना गर्नुपर्यो तर ति सबै खाले चुनौतीहरु सामना गरेर अघि बढ्दा यहाँ सम्म आईपुगेका छौं ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– संस्थाको लक्ष्य, उद्धेश्य अनुरुपका कार्यक्रम, योजनाहरु सञ्चालन गर्ने आगामी कार्यक्रम रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– आआफ्नो ठाउँमा सामाजिक कार्य गरौं, समाजको सेवा गरौं ।

  • १६ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech