६ प्रश्नमा डाक्टर डक्ट धिताल

असल शासन प्रतिनिधि

डाक्टर डक्ट धिताल
पत्रकार, नेपालगञ्ज

१. तपाईको जीवनको आदर्श के हो ?
– प्रकृतिको कलाकारले उसलाई आफ्नो कलाको चमत्कार गर्नका लागि उत्प्रेरित गरेको हुन्छ । अतः हामीलाई जुन आधा या चौथाई व्यक्तित्व देखिन्छ, त्यो अपूर्ण छ । मेरो विचारमा देशको प्रत्येक नागरिकले आफ्नो उद्देश्यलाई सदैव आफ्नो आँखाको सामुन्ने राख्नुपर्ने हुन्छ ।
स्वच्छ र इमानदार भएर बाँच्न चाहनु नै मेरो जीवनको आदर्श हो जस्तो लाग्छ । त्योभन्दा ठूलो आदर्श मेरो जीवनमा केही पनि छैन । आज मानिसले ठूला–ठूला आदर्शका कुरा गरिरहँदा मलाई सबै आदर्श फिक्का लाग्दछन् । कुरा आदर्शका काम भने अनादर्शका हुनेगरेको देखेको छु । पीडा बोध त्यतिखेर हुन्छ जतिखेर मानिसले समाजमा आदर्शको ढोल पिटिरहेको हुन्छ । मेरो आदर्श यथार्थ धरातल हो, मेरो आदर्श मेरो मातृभूमि हो, मेरो आदर्श मेरा मातापिता हुन्, मेरो आदर्श मेरा गुरुवर्ग हुन् । म जे गर्छु त्यहीँ बोल्छु, त्यो मेरो आदर्श हो ।
आज सेकेन्ड–सेकेन्डमा मानिस ठगिएको छ, मातापिता छोराछोरीद्वारा ठगिएका, छोराछोरीहरु मातापिताद्वारा ठगिएका, जनता नेताद्वारा र नेता जनताद्वारा ठगिएका छन् । बोली र व्यवहारमा आकाश पाताल फरक छ । मैले देखेको, भोगेको, मेरो आदर्श छामदा हातमा लाग्ने, सुँघ्दा वास्ना आउने, बोल्दा प्रकट हुने किसिमको छ । त्यसैले म जे छु त्यसैमा रमाउछु, खुशी हुन्छु, नतमस्तक हुन्छु, रत्तिभर मलाई पछुतो छैन, मेरो आदर्श यहीँ हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– मेरो जीवनलाई मैले तीन चरणमा विभाजन गरेको छु । ती तीनै चरणमा तीन फरकफरक पात्रहरु मेरो उत्प्रेरणाका स्रोत बने । बाल्यकाल स्कुले जीवन मेरो बुबा र मेरी आमाको न्यानो काख मेरो उत्प्रेरणाको स्रोत बने । मैले हजारपट सोधेका असान्दर्भिक प्रश्नको उत्तर मेरो बाबा आमाले कत्ति पनि विचलित, नझिजिएर दिनुभयो । सधै म प्रति धिरजी बन्नुभयो, यो भन्दा अरु प्रेणाको स्रोत को र के हुनसक्छ ?
हाइस्कुलको पढाइ सकेर उच्च शिक्षा अध्ययन गर्दैगर्दा यस्ता मानिसहरूसँग मेरो भेटभयो जसले जीवनको यथार्थ धरातलमा रहन सिकाउनु भयो । उहाँहरु नै मेरो मोडल बन्नुभयो । उहाँहरुसँगको भेटले मेरो जीवनको चक्र नै बदलियो । उहाँहरु हुनुहुन्छ पहिला सोफिया ल्याङ्वेज अहिले सोफिया स्कुलका अध्यक्ष के.बि. बसेल अनि प्रीन्सिपल सुशिला बसेल, जसले जिवनको अर्थ के हो सो सिकाउनु भयो । हर मोडमा उहाँहरूको हौसला र साथ रह्यो । उहाँहरुको जीवन शैली मेरो प्रेरणा बन्नपुग्यो ।

२०५८ सालमा मैले एउटा यस्तो साथी भेँटाए जसले मेरोको सबै भार उनैले बोक्न तयार भैन् । ऊनी हुन् शोभा । नाम शोभा काम पनि शोभा नै छ । म अलि छिटो रिसाउने मानिस हुँ, उनी मसँग कहिल्यै रिसाइनन् । म अधिरजी उनी धिरजी, म अलि फुर्किने उनी कहिल्यै मेरो फुर्क्याइमा सहमत भैनन् । ऊनीसँगको भेटले म यो अवस्थासम्म पुगेको छु । उनीले एक बर्षसम्म एउटै कपडा लगाएको मलाई अहिले जस्तो लाग्छ । तर मसँग कहिल्यै यो र त्यो भनेर माग राखिनन् । सधै मेरो उत्प्रेरणाको स्रोत बनिन् शोभ । त्यसैले मेरो तीन चरणका प्रेणाको स्रोत फरकफरक व्यक्तिहरु रहनुभयो । जसलाई मैले मेरो जीवनमा कहिल्यै बिर्सन सक्दैन ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ  ?
– हुन त यो प्रश्नले आफ्नो वर्णन वा आफ्नो प्रशंसा आफै गर्न लगाएको जस्तो भान हुन्छ । तर पनि प्रश्नको उत्तर भने नलेख्दा मागेको सवाल अधुरो हुन्छ । त्यसैले मैले धेर थोर समाजका लागि के गरेको छु सो सुनाउन मेरो लागि गजबको सुनौलो अवसर पनि हो भन्ने ठानेको छु । समाज मेरो शैली हो र रुचिको बिषय हो । २०६४ साला को कुरा हो । जुम्ला जिल्लाबाट एकजनाले फोन गरे र भने, झसर हामी मर्न लाग्यौ, इप्फोन भान्ने संस्थाले हामीलाई छोड्यो, एक महिना भयो हामीले एकछाक खाना खान पाएका छैनौं । हामी स्कुल गएका छैनौं ।ञ यो आवाज थियो दृष्टिविहीन विद्यार्थीहरुको तर्फबाट बोल्ने दत्तबहादुर बुढाको । दत्त पनि विद्यार्थी थिए । यो र यस्तो आवाजले मलाई एक रात पुरै रुँवाएको अहिले जस्तो लाग्छ । यो खबरले मलाई जुम्ला जिल्लाको सिंजा जान बाध्य बनायो । त्यसको भोलिपल्ट म सिँजाका लागि हानिएँ । जुम्लाको सिँजा पुगेर ती विद्यार्थीहरुलाई भेटेँ र त्यो स्कुल अथवा भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापकसँग ज्ञान नेपालका तर्फबाट सम्झौता गरेँ । त्यो समयमा हामीसँग अन्यकुनै स्रोत थिएन । विश्वासको भरमा मैले १६ जना दृष्टिविहीनहरुको गाँस, बास, कपास र शिक्षाको ग्यारेन्टी लिएँ । जुन अहिले २०८० सम्म दृष्टिविहीन विद्यार्थीहारु बाह्र कक्षासम्मको पढाई गरिरहेका छन् । २०६४ देखि २०८० सम्म धेरै विद्यार्थीहरुले आफ्नो अध्ययन पूरा गरेर शिक्षक बनेका छन्, कतिले शिक्षा आयोगमा नाम निकालेका छन्, कति पत्रकार भएका छन् । जुम्ला जिल्लाको सिंजा गाउपालिक वडा नं. ३ मा अहिले दृष्टिविहीन विद्यार्थीहरुको आफ्नै होस्टेल छ । आज पनि १६ जना आँखा नदेख्ने विद्यार्थीहरुले शिक्षा प्राप्त गरेका छन् ।

बि.सं. २०६१ सालमा सोफिया स्कुल सुरु ग¥यौँ । जहाँ सयौं विद्यार्थीहरुले छात्रवृत्तिमा पढ्न पाए । दलित, आदिवासी जनजाति, सिमान्तकृत आदि जास्ताका छोराछोरीहरुका लागि यो स्कुलले निशुल्क शिक्षा प्रदान गर्यो। यहीँ विद्यालयमा अध्ययन गारेका गरिवका छोराछोरीहरु डक्टर, इन्जिनियर, पत्रकार, कर्मचारी बनेर देशको सेवा गरिरहेका छन् । सयौंले रोजगारी प्पाएका छन् । यो भन्दा ठूलो समाजको सेवा के हुनसक्छ ?

वि.सं. २०६५ मा समाजलाई सचेत र सूचनाको सन्देश प्रदान गर्न गुड न्युज साप्ताहिकको प्रकाशन गरियो । जसबाट धेरै पत्रकार उत्पादन भए र रोजगारीको लागि सीप प्रदान ग¥यो । समाजमा सूचना र समाचारले जनतालाई सूचनाको पहुँचमा पु¥याउन एक सेतुको काम ग¥यो ।

बि.सं. २०६७ सालमा जनचेतना फैलाउन र समाजलाई मनोरञ्जन दिलाउन मेरै पहलमा रेडियो मर्निङ स्टार ९० मेगाहर्ज सुरु भयो । २०६७ देखि अहिलेसम्म समाजमा प्रत्यक्ष अप्रत्यक्षरुमा सकारात्मक सन्देश, सूचनाको पहुँच, देशको अवस्था र सुशासनको घण्टी बजाएर समाजको सेवामा समर्पित भएको जस्तो लाग्छ । व्यक्तिगत रुपमा समाजमा सामाजिक प्राणी भएर कर्तव्य निर्वाह गरेको जस्तो लाग्छ ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण  ?

– जीवनमा अविस्मरणीय क्षण त कति छन् कति ? लेख्दा सयौं किताबहरु प्रकाशन हुन्छन् होला । तरपनि हासो लाग्दा क्षणदेखि खुसी र दुःखद क्षणहरु पास्किने जमर्को गरेको छु ।

म जुम्ला जिल्लाको सिँजा, जहाँ भाषाको उत्पती भएको थियो, त्यहीँ ठाउँमा जन्मिएँ । यस्तै ७/८ बर्षको बालापन थियो, हामी बालबालिकाले खेल खेलिरहेका थियौं । एक दिन एकजना म भन्दा ठूलो किशोर नाताले काका पर्ने व्यक्ति पनि म र मेरो उमेरका अरु साथीहरु खेल खेलिरहेको ठाँउमा आए । उनले हामीहरुलाई भने झ केटाहरु हो, बुद्धि पाउने हो, बुद्धि पाउने भए एउटा काम तिमीहरूले गर्न पर्छ ।ञ यो कुराले हामीहरुलाई उत्साहित बनायो । म लगायत साथीहरूले भन्यौ, झ हुन्छ काका, हामी गर्छौ । अनि उनले आफ्नो पेन्ट खोले र हामीलाई दुई हात जोडेर पसियो बनाउन लगाए, अनि हाम्रो हातमा पिसाब फेरिदिए हामीले पियौँ । त्यति सानोको त्यो मूर्ख घटना अहिलेसम्म बिर्सन सकेको छैन । हाम्रो समाजले कस्तो पाठ सिकाउदो रहेछ भन्ने कुरोले पोलिरहन्छ ।

बि.सं. २०५३ सालमा मेरो ठूलो बाले मलाई पहिला पिट्नु भयो अनि घरबाट निकाली दिनुभयो, त्यो दिनदेखि जीवनमा यति धेरै कष्ट आए जसले मलाई डाक्टर बन्ने पाठ सिकायो । म मेरो ठूलोबालाई सधै आभार व्यक्त गर्दछु जसले मलाई जीवनको अर्थ के हो ? सो सिकाउनु भयो ।

त्यस्रो म विध्याबारिधी गर्न सि एम जे युनिभर्सिटीमा थेसिस पेस गरेँ । मैले लेखेको थेसिस ९ सय पेजको थियो । मैले सोचेको थिए म भन्दा राम्रो कसैले लेखेको छैन । अनि मैले सानका साथ थेसिस पेस गरे । मेरो गुरुले एकहप्ताको समय दिनु भयो । एकहप्ता पछि युनिभर्सिटीमा पुगे अनि मैले सोचेको थिएँ कि अब खुसीको खबर सुन्ने छु । सरले बोलाउनु भयो र भन्नुभयो, तिम्रो थेसिस रिजेक्ट भयो अनि म छँगाबाट खसेको जस्तो महसुस गरेर थचक्क भुइँमा बसेको थिए । त्यसपछि ३ पट पुनः लेखन गरेपछि थेसिस सब्मिट भएको थियो । यस्तै अझ हासो लाग्दा थुप्रै अविस्मरणीय क्षणहरु छन् ।

५. तपाईको बुझाइमा असल शासन भनेको के हो  ?

झट्ट असल शासन भनेर कसैले भनिरहदा नमस्कार शाह जि ले सुरु गरेको असल शासन भन्ने शब्द दिमागमा आउँछ । तर पनि यसको अर्थ वृहत् छ । मेरो बुझाई भन्दा पनि म अलि शब्दको अर्थ केलाएर व्यक्त गर्न मन पराउछु । नेपाली बृहत् शब्द कोषले असल भन्ने शब्दलाई यसरी लेखेको छ । असल ( उच्च, उत्कृष्ट, मिसावट नभएको शुद्ध, राम्रो, बेस, उत्तम, बढिया) भनेर लेखेको छ । यसरी भन्दा म असललाई मिसावट नभएको शुद्ध भनेर भन्न मन पराउछु । त्यस्तै शासनलाई वृहत् शब्दकोषले यसरी लेखेको छ । शासन (अनुशासन वा मर्यादा पालन गराउने काम, आदेश, आज्ञा, इन्द्रियहरुको संयम वा नियन्त्रण, कशुरका निम्ति दिइने सजाय, कसैलाई दिइने लिखित अधिकार, कुनै देशको प्रबन्ध तथा संचालन सम्बन्धि काम) भन्ने बुझाउछ ।

सामान्य अर्थमा सुशासन भनेको असल र उत्तम शासन हो । व्यापक अर्थमा सुशासन भन्नाले पारदर्शितामूलक, जनसहभागितामूलक, उत्तरदायी, वैधानिक, भ्रष्टाचाररहित शासन व्यवस्थालाई जनाउँछ । आधुनिक र नवीनतम परिभाषा अनुसार सुशासन भनेको राजनीतिक रूपमा लोकतान्त्रीकरण, आर्थिक रूपमा उदारीकरण, सामाजिक रूपमा समावेशीकरण, प्रशासनिक रूपमा सुदृढीकरण, शासकीय शक्तिको विकेन्द्रीकरण÷सङ्घीयकरण, भ्रष्टाचारजन्य कार्यको न्यूनीकरणलगायतको शासन व्यवस्थालाई चिनिन्छ । सुशासन शब्दको अर्थ व्यापक, महìवपूर्ण र अर्थपूर्ण छ । यसले जनतालाई केन्द्रबिन्दुमा राखेर शासन सञ्चालन गर्न अभिप्रेरित गर्ने भएकाले जनसन्तुष्टि नै यसको सार हो ।

सुशासनका राजनीतिक, प्रशासनिक, आर्थिक र कानुनी आयामले यसको दायरालाई स्पष्ट, सुन्दर र मूल्यवान् बनाएका छन् । राजनीतिक आयाम अन्तर्गत लोकतन्त्र र मानव अधिकारको संरक्षण, स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत जनप्रतिनिधिमूलक शासन व्यवस्था चयन, जनताप्रति उत्तदायी शासन व्यवस्था, बालिग मताधिकार, समावेशी शासन व्यवस्था पर्दछन् । प्रशासनिक आयाम अन्तर्गत कार्यसम्पादनमा पारदर्शिता, शीघ्रता र चुस्तता, अनुशासन र दण्डहीनताको अन्त्य, काममा व्यावसायिकता र प्रतिस्पर्धात्मकता लगायत पर्दछन् । सामाजिक आयाम अन्तर्गत समाजमा शान्ति र सुव्यवस्था, समावेशी शासन व्यवस्था, सामाजिक न्याय, समानता र समता, सामाजिक छुवाछुतविहीनता, शासनमा सबैको पहुँच, पहिचान र प्रतिनिधित्व जस्ता पर्दछन् ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो  ?

– मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । मानिस आदिमकालमा भिन्नभिन्न भएर बसे पनि आधुनिक युगमा समुदायमा बस्न र समाजमा रम्न मन पराउँछ । भिन्न भिन्न जातजाति, भाषा, वर्ण, रंग, संस्कृति वेशभूषा, मूल्यमान्यता, आस्था, सिद्धान्तमा आबद्ध मानिसहरूको समूह समाज हो । समाजमा समाजको व्यवस्थापनका लागि घरमुली, गुठियार, पञ्चभलादमीजस्ता सामाजिक संस्थाहरू खडागरिएका हुन्छन् । संस्कृति व्यक्ति समाज र समुदायको प्राण हो । मानिस आफनो संस्कृतिलाई अगाध माया गर्छ, त्यसैमा सबैभन्दा बढी रमाउँछ र जहाँ जान्छ बोकेर हिड्छ । समाजमा समाजका सदस्यहरूबीच व्यक्तिगत र सामूहिक स्वार्थको लागि अन्तरक्रिया भैरहने गर्दछ । समाज निराकार, असीमित, र गतिशील चरित्रको हुन्छ भने समाजमा समानता र असमानता दुवै पाइन्छ । समाज विविधताको संरक्षक र प्रवद्र्धक दुवै हो । अन्तरसम्बन्ध, अन्तरनिर्र्भरता र अन्तरविरोध समाजका विशिष्ठ गुणहरू हुन् । यसकारण समाजमा जहिले पनि सहकार्य, सहयोग र द्वन्द्वको वातावरण विद्यमान रहिरहेको हुन्छ ।

समाज परिवर्तनको एउटा गतिशील क्रिया हो । परिवर्तन आफै वाहेक अन्य सबै परिवर्तनशील छन् । समाज यथास्थितिमा रहन सक्दैन । समाजको परिवर्तन र समाजको विकास प्राकृतिक एवं निरन्तर चलिरहने प्रक्रिया हो । समाज परिवर्तन बहुआयमिक प्रकृतिको हुन्छ भने योजनाबद्ध वा आकस्मिक रूपमा समाजको परिवर्तन गर्ने गरिन्छ । समाज परिवर्तनलाई समय र सामाजिक वातावरणको कसीमा राखेर हेर्ने गरिएको हुन्छ । समाज परिवर्तनको उद्देश्य मानिसको व्यवहार, ज्ञान र क्षमता, विश्वास, आस्था तथा सामाजिक संंरचना र संस्कृतिमा परिवर्तन गर्नु हो । समाज परिवर्तन जहिले पनि मानवमुखी हुनुपर्दछ ।

समाजलाई परिवर्तन गर्न सर्वप्रथम आफू परिवर्तन हुनुपर्छ । समाजको कुन पाटो परिवर्तन गर्ने हो, सो का विषयमा स्वयं जानकार हुन जरुरी छ । त्यसैले समाजमा रहेर एक सामाजिक प्राणी बन्न आफुलाई समाज मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दछु । सुशासन युक्त समाजको परिकल्पनामा अहोरात्र खटिएर लाग्न कुनै कसुर बाँकि नराख्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछु ।

  • १० बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech