नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा बैठक

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले लक्षित बर्ग उत्थान कार्यक्रम लक्षित बर्गका लागि उपयोगी हुने बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडा कार्यालयको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा बैशाख १२ गते सम्पन्न वडा पदाधिकारी, कर्मचारी तथा दलित अगुवाहरुसँगको बैठकमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।


बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले विपन्न तथा पछाडी पारिएका समुदायको उत्थानका लागि वडाले कार्यक्रम तयार गरेको बताए । लक्षित बर्ग उत्थान कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरि कार्यक्रमको उद्धेश्य परिपूर्ती हुने गरी काम गर्न सबैलाई अनुरोध गरे । हरेक समुदायलाई सक्षम र मर्यादित बनाउन सचेतनासँगै शिक्षा आवश्यक पर्ने भन्दै सोही अनुसार आगामी दिनमा समेत वडाले काम गर्ने उनले बताए । बैठकमा बोल्दै वडा सचिब गौरी कुमारी शाहीले समुदायका ब्यक्तिहरुलाई फाईदा पुग्ने गरी काम गर्न अनुरोध गरिन् ।


नाईस नेपालका सचिब कमल शाहीले सञ्चालन गरेको बैठकमा दलित समुदायको क्षमता अभिबृद्धी कार्यक्रमको उद्धेश्य तथा कार्यक्रम अन्तरगत गर्ने क्रियाकलाप र नाईसका बारेमा जानकारी संस्थाका अध्यक्ष हेमराज भट्टले गरेका थिए । बैठकमा वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, सचिब गौरी कुमारी शाही, वडा सदस्यहरु, कर्मचारीहरु र दलीत अगुवा गरी २५ जनाको सहभागिता रहेको थियो ।

  • १२ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech