जैविक चौतारीमा जीवन र वनका सवाल

रबिन्द्र बोहरा

जैविक चौतारी कार्यक्रम मार्फत जैविक विविधताको संरक्षण गर्न सरोकारवालले जोड दिएका छन् । नरैनापुर गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीय नागरिक, सामुदायिक वन उपभोक्ता समिति, सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु , विद्यालयका शिक्षक तथा विद्यार्थीहरु नागरिक समाज सहित १५० जनाको सहभागिता रहेको जैविक चौतारी कार्यक्रमा चार बुद्धे प्रतिबद्धता जाहेर गर्दै सरोकारवालाहरुले वन रहे मात्र जीवन रहने बताए ।
प्रतिबद्धताहरुमा जैविक संरक्षणको क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न स्थानीय नागरिक, सामुदायिक वन उपभोक्ता समिति, सुरक्षा कर्मी, स्थानीय निकाय तथा डिभिजन वन कार्यालयले सहमन्वय र सहकार्य गर्दै जाने, चोरी सिकारी, तस्करी वन अतिक्रमण तथा डढेलो जन्य समस्या निम्त्याउने व्यक्तिको पहिचान गरी कानुन बमोजिम कार्वाहि गर्ने तथा त्यस्ता गतिविधिहरुको रोकथाम गर्न सचेतनामूलक कार्यक्रम संचालन गर्ने, वन फडानी, अतिक्रिमण जस्ता समस्या समाधान गर्न वन क्षेत्रलाई तावर गर्न तथा तटबन्ध गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने, वन विनास हुँदै गएको क्षेत्रमा पुन हरियाली प्रर्वद्धन गर्न वृक्षारोपण कार्यक्रम गर्ने भनिएको छ ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले वन केवल यो पुस्ताको लागि मात्र नमई भावि पुस्ताको लागि पनि भएको र त्यसको उपभोगत गर्ने पुर्ण हक आउने पुस्ताका पनि भएकोले त्यसको संरक्षण गर्नु आजको पस्ताको दायित्व भएको बताए । त्यस्तै उनले वन तथा वन्यजन्तु वा जलचर, थलचर र उभयचर कुनै एक मात्रको कमी भयो भने त्यसको पूर्ण असर पृथ्वीका सम्पूर्ण जीव तथा मानवहरुले पनि भोग्नु पर्ने भएकोले पारिस्थितिक प्रणालीमा असर पर्न नदिन वन र वन्यजन्तुको संरक्षण गर्नु पर्ने र त्यसका लागि डिभिजन वनले संरचनागत रुपमा पर्याप्त मानव संसाधनको व्यवस्था गरेकाले सक्रिय भएर कार्य गर्नु पर्ने देखिएको बताए ।


त्यस्तै नरैनपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले स्थानीय सरकारको तर्फबाट वन संरक्षण गर्न सामुदायिक वन उपभोक्ता समितिबाट योजना सहितको विषयहरु आएमा त्यसको सम्बोधन गर्न तयार रहेका तथा वडा भित्र कुनै पनि नागरिक खाना पकाउनको लागि खाना पकाउने ग्याँस किन्न नसक्ने अवस्थाको छन् र जसको कारण वन फडानी हुने गरेको छ भने त्यस्ता नागरिकहरुको लागि खाना पकाउने ग्याँस उपलब्ध गराउने बताए ।

बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले नागरिक समाजको तर्फबाट वन संरक्षका लागि आफुहरु सधैँ तयार रहेका र सामुदायिक वन उपभोक्ता र डिभिन वनसँग हातेमोले गर्दै काम गर्दै जाने बताए ।
कार्यक्रममा बोल्ने वक्ता, सामुदायिक वनका अध्यक्ष तथा सहभागिहरुले चोरी सिकारीका घटनाहरुमा बाहिरबाट आउन लाइसेन्स प्राप्त केही व्यक्तिहरुले बन्दुकको सहायताले वन्यजन्तुको सिकार गर्ने गरेकोे, दाउरा तथा अन्य घरयासी कामका लागि वनको फडानी हुने गरेको, मौवाको फुल टिप्ने बाहनामा आगलागिका घटनाहरु हुने गरेको, वन संरक्षणलाई राज्यबाट नै चाँसोको रुपमा नहेरिएको, आम उपभोक्त तथा नागरिकहरुमा वनको महत्व बारे पर्याप्त ज्ञान र सचेतना नभएको बताएको सवालहरु उठाएका थिए ।
बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रममा बास नेपालका पूर्व अध्यक्ष मन भण्डारीले स्वागत गरेका थिए ।

 

  • १४ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech