नेपालगन्ज देखि बाजुराको यात्रा

पवनराज तिमिल्सिना

केही बर्ष अगाडिको कुरा हो, असारको महिना थियो । सबै किसानहरु खेतबारीमा काम गरिरहेका थिए । सायद नेपाल कृषि प्रधान देश भएर पनि होला । सबै मानिसहरु आ–आफनो काममा ब्यस्त देखिन्थे । आकाशबाट सिमसिमे पानी परिरहेको थियो । बाटो सबै हिलाम्मे अबस्थामा थियो । त्यसै समयमा बुवा र मेरो बाजुरा फर्कने तयारी भयो । साउन महिना पनि सुरु भइसकेको थियो । माता देबि बुदिनन्दा तिर्थस्थलमा जाने दिन पनि नजिकिदै थियो । मलाइ पनि माता देबिको दर्शन गर्ने तिब्र इच्छा बढिरहेको थियो ।

साउन ५ गते कोहलपुर बसपार्क देखि टिकट लिएर हामीहरु बाजुरा जाने तयारीमा लाग्यौं । म त्यतिबेला नेपालगन्जको होलिल्यान्ड इङ्लिश मिडियम स्कुलमा अध्ययन गर्दथे । त्यति बेला मेरो स्कुल बिदा थियो मलाइ सानै देखि घुम्न र तिर्थयात्रा गर्न मन लाग्थ्यो । हामीहरु बस चडेर त्यहाँबाट बर्दिया तिर लाग्यौं । मलाइ रमाइलो अनुभुती भईरहेको थियो । बस ठूलो थियो । त्यो बसमा थुप्रै मानिसहरु थिए । सबै मानिसहरु हल्ला नगरिकन आआफ्नो सिटमा ब्यस्त संग बसिरहेका थिए । मलाइ पनि कता कता रमाइलो महसुस भईरहेको थियो । साच्चिकै रमाईलो यात्रा, हरियाली बाताबरणमा म एकोहोरो भएर हेरिरहेको थिए ।

हाम्रो यात्रा निरन्तर चलिरहेको थियो, एकासी बस रोकियो, सबै मानिसहरु सपनामा ब्यस्त थिए । गुरु ड्राइभर दाइ र खलासी कराउनुभयो, उहाँहरुको आवाज सुनेर सबै मानिसहरु ब्युझिए । बस बर्दिया रास्ट्रीय निकुञ्जको प्रवेशद्वारमा पुगेको रहेछ ।

बस केही समय त्यहा रोकियो, किनभने त्यहा चेक हँुदोरहेछ । त्यहाँ थुप्रै शुरक्षाकर्मीहरु उभिएका थिए । त्यसपछी एकछिन म बाहिर आएँ । लामो श्वास फेरें, आहा ! कति शुन्दर ! त्यति राम्रो प्रकृतिलाई देखेर म मोहित भए । एकै छिनमा गाडी त्यहाँबाट कैलाली तिर प्रस्थान गर्यो । बसमा गित पनि बजिरहेको थियो, सबै यात्रुहरु बसमा गितको धुन सुन्दै आनन्द महसुस गरिरहेका थिए । कोहि निदाइरहेका थिए । बस आफ्नै गतिमा गुडिरहेको थियो । बसको झ्यालबाट सितल हावा पनि आएरहेको पनि थियो, बर्षा महिनाको समय भएकोले होला खासै गर्मीको अनुभुती थिएन ।

धेरै मानिसहरु पश्चिम तिर जाँदै थिए, कोहि तिर्थयात्राको लागि, कोहि औषधि उपचार गराएर घर फर्कदै थिए । कोहि पढाइ सकाएर बिदा मनाउन घर जाँदै थिए, बसको निरन्तर यात्रा पछि हामी कैलालीको चिसापानिमा पुग्यौं ।

कति लामो चिसापानी पुल, कति सुन्दर ठाउँ रमाइलो भयो । धेरै पटक यो बाटोको मैले यात्रा गरिसकेको थिए । तर पनि महत्वपूर्ण ठाउँहरु सधै रमाइलो लाग्दारहेछन् । बसको यात्राको दौरानमा काठमाण्डौंका हरि पाण्डेसँग चिनजान भयो । वहाँसँग माता बुढिनन्दा देबिको बारेमा कुराकानी भयो ।

बस आफ्नो गतिमा गुडिरहेको थियो, मेरो मनमा आर्श्चर्य लाग्दा कुराहरु खेलिरहेका थिए । कहिले पाटनमा पुगिनेहोला भनेर मेरो मनमा उत्सुकता जागेको थियो । कहिले नगएको ठाउँ यसपालि त्यहाँ माताको तिर्थमा जाने तयारीमा थिए । त्यसपछी हामी घोडाघोडी ताल सुखडमा पुग्यौं, पछिल्लो दिन धनगढीको काम सकेर हामी पुनः बाजुरा तर्फ लाग्यौं ।

घनगढी देखि बाजुराको बेतलमान्डौमा पुग्यौं । त्यहा भन्दा माथी बस जाँदैन रहेछ । बर्षाको समय भएर होला, खोला नालाहरु बढिरहेका थिए, साह्रै डर लाग्दो मौसम थियो, हामीहरु बेतलमान्डौ देखि पैदल हिँडेर बिस्तारै अघिअघि बढ्दै गयौं । हामीहरु सबेरै तिपाडा पुग्यौं । बेतलमान्डौ देखि तिपाडा पुग्न हामिलाइ झण्डै ५ घन्टा लाग्यो, त्यसपछि पैदल यात्रा गरेर हामीहरु त्यो साझ तिर करिब ८ बजे तिर सदरमुकाम मार्तडीमा पुग्यौं ।

बर्षाको महिना भएर होला खोला नालाहरु बढिरहेका थिए, ठाउँठाउमा बाढि पहिरो गइरहेको थियो । बाटोमा थुप्रै पुलहरु भेटिन्थे, सबै पुलहरु भग्नाशेष अबस्थामा थिए, वारिपारी गर्न समेत डरलाग्दो थियो, थुपै मानिसहरु त्यहाँ सकि नसकी आवाज जावत गरिरहेका थिए । हामिहरु पनि सकिनसकी खोला तर्न सफल भयांै । खोला तरिसके पछि हामिहरु उकालो बाटोमा प्रबेश तिर लाग्यौं यो हाम्रो बाध्यता थियो, हामिले घन्टौ लगाएर त्यो बाटोको यात्रा पार गरिसके पछि अब ओरालो बाटो लाग्यो, अब अलि कति सहज भयो, हाम्रो यसरी यात्रा पूरा भयो ।

त्यसपछी हामी ढम्कने भन्ने ठाउँमा पग्यौं, त्यहाँ यात्राको क्रममा एकजना मानिससंग चिनजान भयो, चिनजानको क्रममा उहाँ आफ्नै मान्छे हुनुहँुदो रहेछ । हामी त्यहि बस्यौं । सायद हिमालको काखमा हामी यात्रा गरिरहेकोले होला, आनन्दको महसुस भयो ।

बिहानै उठ्यौं, बाताबरण रमाईलो थियो । हरियाली बाताबरण, सुन्दर पानीका झरना, सुन्दर फुलको स्पर्सले मनमा साह्रै आनन्द लागिरहेको थियो । केही समय पछि खाजा खाएर हामिले हाम्रो यात्रालाई अघि बढायौं ।

बाटो सारै अप्ठ्यारो थियो, घना बनले ढाकिएको थियो बाटो । ठुला ढुङाहरु थिए बाटो भरी हिउका थुप्रोहरु देखिन्थ्यो । जताततै पानी मात्र बगेको थियो । चारैतिर बाट चराचुरुङ्गीहरु चिरबिर गरिरहेका थिए । बन जनावरहरु पनि यता उता गरिरहेको जस्तो आभास हुन्थ्यो । साह्रै डर लाग्ने स्थान थियो, मान्छे हराएपछी भेट्टाउन समेत कठिन हुने जस्तो घना जंगलमा हामी यात्रा गरिरहेका थियौं । जताततै कुहिरो लागिरहेको थियो । अलि पर सम्मको बाटो देखिन मुस्किल थियो ।

हामी निरन्तर यात्रा गरिरहेका थियौं, हामी काँधको बाटो पार गरेर पोरख्या पुग्न सफल भयौं त्यहा पुगेपछी उज्यालो भएको अनुभुती भयो । झन्डै ४ घन्टाको यात्रा पछि अब हामी ओरालो बाटो तिर प्रबेश गर्यौं । हामी बाजुराको साबिक पान्डुसैन गाबिसमा पुग्यौं । त्यहाँ एकजना चिनजान गरेको साहुजिको होट्लमा आराम गर्दै चियापान गर्यौं ।

त्यहाँबाट कोल्टी बजार देखिन्थ्यो तर धेरै टाढा थियो । त्यहाँ पुग्न झन्डै ३ घन्टा लाग्ने रहेछ । धेरै हिंडेको कारणले मलाई ज्वरो आएको थियो । सकिनसकि बिस्तारै केही घन्टा पछि कोल्टी पुग्यौं । त्यहाँ हामी आउने खबर थाहा पाएर कान्छी आमा र भाइ पनि आएका रहेछन् । त्यो दिन कोल्टिनै बसियो ।

सबै साथीभाईहरुलाई भेटेर पुनः हिंड्दै ६,७ बजे तिर बाधुको बगरमा पुग्न सफल भईयो । त्यहाँ सबै मेरा गाउँका दाजुभाइ थिए । त्यहाँ धेरै मानिसहरु होटेल ब्यबसाय गरेर बसेका थिए । यसरी करिब ५ बर्ष पछि म गाउँ पुगें, म आनन्दीत भएर बसें ।

  • २१ बैशाख २०८१, शुक्रबार प्रकाशित

  • Nabintech