बाल्यकाल देखिनै सुशासनको अभियानमा

धिरेन्द्र बहादुर शाही

पाँच भाइ एक बहिनीको कान्छो सन्तानका रुपमा वुवा कल बहादुर शाही र आमा इश्वरी शाहीको कोखबाट जन्मीयको  म बाल्यकाल देखी नै अली चन्चले स्वभाबको थिए ।  सायद सबै घर परीवारका कान्छो सन्तान भएर सबैको मायले पुपुल्कीए र होला अरु भन्दा फरक स्वभाबको चकचके चन्चले स्वाभावनै मेरो गाउँले परीचय हो । मध्यम परीवारमा जन्मेको हुनाले बाल्यकाल न शुख सयलमै बित्यो न त अपुग र दुःखमैं ।
मध्यम स्तरको पारीवारीक अबस्थाले भोको र नाङगो अनुभब भएन बाल्यकालमा ।
सबैको जसो मेरो बाल्यकाल पनि तिनै खोला नाला भिर बन पाखामा सधैँ जसो गोठालो कहिले  रहर त कहिलेयी बाध्यताले तिनै न्याउली र जुरेली चरी सँगै मित्रवत सम्बन्ध रहयो न्याउली र जुरेलीसँगै स्वरमा स्वर मिलाइयो कहिले गाउन रहर लाग्यो त कहिले ठुला भिमकाय पहाडहरुबाट उड्न मन लाग्यो जसरी आकाशमा चिलगाडी (हेलिकप्टर) उडेको देख्थे । कहिले बाख्राको पाठाहरु जस्तै खरमेलामा उफ्रिन मन लाग्थो । सधैँ जसो बाल्यकालका साथीहरु अन्त नभइ तिनै भिर पाखामा गोठालो जाँदा भेट हुन्थो । हाम्रा लागि चुर्तुन्यां, हलन्डाँडा ,निगालगडा, ग्रस्या, थाइअ, खर्तला ,बाल्यकालका गोठालो जाने स्थायी गाइ बाख्रा चराउंने क्षेत्र थिए ।
घुर्कि लगाइ गोठालो जान कहिले छुटेन स्कुलमा पढेको साथिसंगी सँग खेलेको कमै याद छ त्यो भन्दा बढी याद छ मलाइ गोरु जुधाइ बाल्यकाल का साथिहरुसँग लडेको । चक चके स्वभावको केटो गाउँ घर छरछिमेकमा कोही कसैले बदमासी गर्यो भने बिठयाइ गर्यो भने एक नम्वर सुचिमा परीहाल्थो ( धिरी ) अर्थातम सायद गल्ती मैले नगरेपनी मेरो नाम जोडी हाल्थो मेरो परीचयनै बनिसकेको थियो चकचके र बदमास भनेर ।
घरमा ६ भाइ र एक दिदिको कान्छो भाइ म अरु दाइ हरुभन्दा मेरो परीचय फरक बाल्यकाल देखी नै बन्यो । म अरु भन्दा अलि फरक स्वभाव भएकोले होला काम पनी अरुको भन्दा फरकै गर्नु पर्छ र ब्यत्तीगत परीचय पनी अरुको भन्दा फरक हुनु पर्छ भन्य लाग्थो ।
 न भन्दै उस्तै बनायो भाग्यले मेरो परीचय । अचेल कसैले कलाकार भनेर चिन्दछन , कसैले भ्रष्टाचार बिरुद्धको एक अभियान्ता भनेर चिन्दछन , कसैले कुनै एक कार्यलयको हाकीम भनेर चिन्दछन मेरो परीचयको कुनै टुङगो छैन फरक परीचय बनाउन मै मेरो संघर्ष चलिराखेको छ अचेल ।
मध्यम परीवारमा जन्मेको मेरो बाल्यकाल कहिले रहर त कहिले बाध्यताले अनेकौँ दुख पिडा भोग्नु परेको छ खान लाउनको तेत्ती समस्या भोगेको अनुभव छैन परीवारको मिओ मेरो वुवा पढेलेखेको नभएपनी बुवाको चिन्तन भनेकै सन्तानहरुलाइ उचित शिक्षा दिक्षा दिनुनै वुवाको सवैभन्दा ठुलो संकल्प रहेको थियो तेसैले म भन्दा अगाडीको सबै दाजुभाइ हरु राम्रो पढे लेखेको हुनुहुन्थो । कोही पढदै हुनुहुन्थो म भन्दा अगाडीको सबै दाइ हरु पढ्नमा सधै उत्कृष्ट हुने भएकाले म दाइहरुको नामले चिनिने गर्थे ।
म औपचारीक शिक्षाका लागी काइलो दाइ हस्त शाही दिदि मनिषा शाही लगायत आफु भन्दा अग्रजहरुका साथ गाउँ भन्दा करीब आधि घण्टाको बाटोमा मालिका प्रा.बि पाँचला को स्कुलमा पढन सुरु गरे अझै चकचके बानी उस्तै थियो । मलाइ याद छ मेरो बाल्यकालको भुल्नै नसकिने एउटा घटना करीब म ३ कक्षा मा पढथे साथि खम्म को दाइको पसल थियो स्कुल बाट घर फर्किने बेला सबै साथिहरु स्कुल बाट घर फर्किन हामीहरु बाट अगाडी हिडिसकेका थिय तर म र खम्म भण्डारी उस्को पसल अङगलडाँडा  बाट लाग्यउँ उस्को दाइले घर लैजान भनेर सलाइ साबुुन र बिष्कुट झोलामा राखिदीनु भायो र हामीलाइ पनी चमेना बिष्कुट दिनु भयो खादै खुसी भएर घर फर्कियउँ हाम्रो स्कुल बाट घर फर्किदा बाटोमा खरमेला प्रथ्र्याे । हामिभन्दा अगाडी सबै साथिहरु घर फर्कि सकेको मौका छोपेर खरमेलामा आगो लगाउने सोच बनायौं । वर्ष भरी पालेर राखेका खरमेला खर काटने बेला हुन लागेको थियो । तर हाम्रो खरलेलामा आगो लगाउने सहमती भयो र आगो लगाउन सुरु गर्यौ । साथि खम्म भण्डारी सलाइको काटी कोरेर आगो लागाउने म निभाउने सहमतीका साथ आगो लगायैँ । एक दुइ चोटी  उस्ले आगो लगायो मैलै निभाए तर पछी उस्ले आगो लगायो मैले निभाएन आगोले उग्ररुप लग्यो खरमेला मा आगो ले चारैतिर बाट फैलिन सुरु ग्रयो हामी साथी र म भाग्यउँ । वर पर बाट सबैले देखे हामीलाइ लखेटे ।
हाम्रो एक छिनको रहरले मालिक को खरमेला, वर्ष भरी को मेहनत एक छिनमा स्वह भयो । सलाइ साथिकै भएको र आगो लगाउने साथिनै भएकाले म निभाउने भएकाले खर मेलाको क्षेतिपुर्ति साथि खम्मको परीवार ले तिर्नु प्रयो म क्षेतिपुर्ति बाट जोगीए तर वुवाको कुटाइ बाट भने जोगीन सकेन । बाल्यकालको यो एउटा घटना मात्रै हैन अनेक घटना बाटको यो एउटा घटना हो ।
वुवा गाउँ घरमा जडो गर्ने ( जडी बुटी को औषधि ) भएकाले गाउँ घर वरपर वुवाको राम्रो पहिचान थियो गाउँघरमा कसैका बालबच्चा बिरामी हुँदा बुवानै जान प्रथ्थो । मलाई सम्झना छ असारको महिना को पहिलो हत्त्ता तिरहो खोला छेउको खेत अल्छिबाढी घरका सबै परीवारका सदस्यहरु खेत खनजोत गर्न गएका बेला म अलि सानै भएकाले मुवाको पछी पछी खेत बारी गएको थिए । दिउसको वेला हो बुवा अलि निरास भएर मुवालाई अब घर धन्दा चलाउन गारो भयो केटाकेटी को पढाई खर्च चलाउन गारो हुन थाल्यो एक दूई भए पनि बाख्रा पाल्नु प्रयो भन्नु भयो मुवा केही बोल्नु भएन न भन्दै बुवाले काफल रुख बाट आफन्त प्रने को घरबाट एउटा बाख्रा र साथमा बाख्राको पाठो लिएर आहुनु भयो । म जिन्दगीमा सबै भन्दा बढी खुसी भएको हुला जुन दिन म आधीकारीक बाख्राको गाठालो भएको दिन अनि त मेरो दैनीकी सुरुभयो बाख्रा चराउन स्कुल नजादाको समय ।
एउटा बाख्रा र उस्को पाठो बाटको मेरो गोठालो यात्रा ४० बाख्रा सम्म हुँदा भयो । म भन्दा अगाडी को दाजु र गाउँले दाजु हरु नेपालगंन्ज उच्च शिक्षा अध्यानका लागी नेपालगन्ज बाट दशैंको को बेला घर फर्किदा मन भण्डारीको नेतृवमा युवाकलब गठन गरीयो सामाजिक बिकृती का बिरुद्धमा बिरोध गर्नु प्रछ बोल्नु प्रछ भन्ने कुरा अन्या र अत्याचारका बिरुदमा बोल्न गाउँ घरमा जुवा तास र रक्सी खाने र बनाउने हरुको बिरोद गर्न तेती बेलाबाट सिके जती बेला मन भण्डारी नेतृत्वको युवा कलब समुदाय स्तरबाट गाबिस स्तर सम्मै युवा कलबले पहिचान बनाइ सकेको थियो । गाउँ घरमा गोरेटो बाटो बनाउँन देखी सड नाटक , संस्कृतीक कार्यक्रम गर्न सिकायो । युवा कलवलाई पछी आयर बास तोलिजैसी उपशाखामा  रुपान्तरण भयो ।
नेपालगन्जमा रहेको बागेश्वरी असल शासन कलब (बास) को उपशाखा रुपमा नेपालगन्ज जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको कलबको उपशाखा का रुपमा दैलेख जिल्लको तोलिजैशी मा बिस्तार गरीयो सामाजिक रुपमा आम नागरीकहरुलाई सचेत गर्न र सुशासनको प्रत्याभुती गराउनका लागी हरीयाली संस्कृती परीवारका गठन गरी ग्रामिण गाउँ घर तिर संस्कृतीक जनलहर नै कायम गरीयो भ्रष्टाचार बिरुद्ध संगितीक अभियान मार्फत गाउँ गाउँ मा सडक नाटक संगीतीक कार्यक्रम नृत्य देउडा गाउँदै जोडीएको असल शासनको सम्बन्ध करीब एक दशक भन्दा बढी भयो ।
मेरो अशल शासन संगको नाता मेरो जिन्दगी परीवर्तनकोे कोषे ढुङगा बन्यो मलाइ निर्धक्क बोल्न अन्यायका बिरुद्ध आवाज उठाउन मात्रै सिकायन मलाई एउटा कालाकार बन्न पनि प्रेरीत गर्या सामाजिक अन्ययाको बिरुद्धमा बोल्न र सचेत गराउन प्रेरीत गर्यो । मेरो बाल मष्तिस्कमा परेको अशल सासन प्रतिको क्षापो यसरी गढयो आंखामा गढेको खिल जस्तै । दैलेख जिल्लको तोलिजैशी उपशाखा बाट जोडियको मेरो असल शासन संगको नाता आज आयर लुना बुढाथोकी  केन्द्रीय अध्यक्ष रहेको केन्द्रिय कार्य समितीको कर्णाली प्रदेश सम्योजक का रुपमा कार्यरत छु । म एउटा कलाकार हुँ , एउटा निजि कम्पनीको कार्यालय प्रमुख हुँ सामाजिक क्षेत्रमा जोडीएको छु म जहाँ रहेपनी म जस्तो अबश्थामा रहेपनी म राष्टको एक अशल नागरीक हुँ म अशल शासनको हिमायीती हुँ ।।।।
बास नेपालका कर्णाली प्रदेश संयोजकको नाताले मेरो नेतृत्वमा पहिलो पटक भ्रष्टाचार बिरुद्ध कर्णाली युवा सम्मेलन भएको छ । बास नेपालको प्रथम कर्णाली प्रदेश अधिबेशन सम्पन्न भएको छ । कर्णालीका सबै जिल्लाहरुमा शाखा बिस्तार भएको छ । गाउँ, गाउँमा उपशाखाहरु गठन भएका छन् ।
राज्यले नचिनेको कर्णालीमा भईरहेको भ्रष्टाचारका बिरुद्ध हामी सशक्त रुपमा काम गरिरहेका छौं । हाम्रो याात्रा जारी छ ।
 जय बास , जय शुसासन ।
                 ( शाही बास नेपाल कर्णाली प्रदेश संयोजक हुन्)

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech