कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै

ईन्द्रा कुमारी केसी

घोडाघोडी (कैलाली)/ पछिल्लो समय कैलालीमा क्रिकेट, फुटबल जस्ता खेलकुदका प्रतियोगिताहरू आयोजना हुन थालेका छन् ।

ठूला धनराशीका खेलहरु आयोजना हुुने कैलालीमा घोडाघोडी नगरपालिकामा अहिले जिल्ला लिग फुुटबल प्रतियोगिता जारी छ ।

कैलाली जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले फुटबल खेल र खेलाडीको निरन्तर विकासका लागि प्रतियोगिता हुँदै आएको बताउनुभयो ।

उहाँले यस्ता प्रतियोगिताहरुले खेलकुदको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवाहरुको लागि अवसर र उत्प्रेरणा पुुगिरहेको बताउनुुभयो ।

धार्मिक र पर्यापर्यटनका दृष्टिले समेत महत्वर्पुुण रहेको घोडाघोडीको पहिचान र प्रचार प्रसारमा यो प्रतियोगिताले थप सहयोग पुुग्ने घोडाघोडी नगरपालिकाका प्रमुुख खडक रावत बताउनुुहुुन्छ ।

पछिल्लो समय युुवाहरु लागु औषध दुुव्र्यसनीमा फसिरहेको चिन्ता व्यक्त गर्दै “युुवाहरुलाई खेलकुदमा लाग्ने उत्पे्ररणा दिन सके दुुव्र्यसनी न्यूनीकरण भई स्वस्थ र भय रहित समाजको निर्माणमा टेवा पुग्छ ।” वहाँले भन्नुु भयो ।

एक पछि अर्को प्रतियोगिता आयोजना हुुने कैलालीमा गएको फागुुनमा गौरीगंगा गोल्ड कप सम्पन्न भईसकेको छ । सो प्रतियोगिताको मुख्य उद्देश्य राम्रा व्यवसायिक खेलाडी उत्पादन गर्ने र युवाहरूलाई खेल क्षेत्रसँगै जोडिराख्ने रहेको थियो । गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले खेलकुदको विकासका लागि रङ्गशाला निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।

‘हामीले निरन्तर रुपमा फुटबल प्रतियोगिता गरिरहेका छौं, युवाहरुको खेलकुदप्रति निकै आकर्षण र माहौल पनि निकै राम्रो छ, तर रङ्गशाला नहुँदा खेलकुदमा लाग्न चाहनेहरुलाई नियमित अभ्यासमा समस्या भइरहेको छ’ उहाँ भन्नुहुन्छ ‘खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो त्यसका लागि सर्वप्रथम राम्रो खेलमैदान चाहिन्छ ।’

कैलालीको धनगढीमा गत मंसिरमा लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना भयो । यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो टेवा पुगिरहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाही बताउनु हुन्छ । ‘हामीले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताले धेरै खेलाडी उत्पादन भएका छन्’ उहाँ भन्नुहुन्छ ‘भुईबाट उठेका खेलाडी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।’ उहाँका अनुसार सरकारले खेल क्षेत्रमा लगानी बढाउन सके कैलालीबाट उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छन् ।

‘कैलालीका गाउँ गाउँमा राम्रा खेलाडीहरू छन् तर, तीनले अवसर पाउन सकेका छैनन्’ हाल राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अब्बल खेलाडीहरु रहेको स्मरण गर्दै अध्यक्ष शाही भन्नुहुन्छ ‘सुदूरपश्चिममा सरकारले खेलकुदमा लगानी बढाउन सके भविष्यमा पनि राम्रा खेलाडीहरु जन्मिन्छन् । ’

कैलालीमा क्रिकेट भन्दा धेरै फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । जिल्लामा प्रत्येक वर्ष ठूला धनराशीका ४ वटा र साना प्रतियोगिता १० भन्दा बढी हुने गर्दछन ।

खप्तड गोल्ड कप, फारवेस्ट पशुपति कप, गौरीगङ्गा गोल्डकप, र पालिका स्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताले कैलालीमा फुटबलको क्रेज बढाउन अझै मद्दत गरेको छ ।

कैलालीमा छैटौं फारवेष्ट पशुपति कप, २०८० र बर्दगोरियामा सम्पन्न प्रथम मुख्यमन्त्री पालिका स्तरिय फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको फारवेष्ट पशुपति कपका आयोजक खेम रावत बताउनुुहुुन्छ । सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिई लगानी बढाउन सके कैलालीबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन हुन सक्ने वहाँको विश्वास छ ।

रावतकै कप्तानीमा २०६८ सालामा धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल तर्फ सुदूरपश्चिमले स्वर्ण पदक जितेको थियो ।

सर्वाधिक धनराशीको खप्तड गोल्ड कप प्रतियोगिता भने यस बर्ष हुुन सकेको छैन ।

सुदूरपश्चिममा आयोजना हुने ठूला साना सबै प्रतियोगितामा दर्शकहरूको उपस्थित समेत निकै उत्साहजनक हुन्छ । आम मानिसहरुमा खेलकुद प्रति बढेको रुचीले खेलाडीहरू पनि उत्साहित छन् । तर, खेलकुदका संरचनाहरू र खेल क्षेत्रमा राज्यको लगानी अभावले भने उनीहरूलाई हतोत्साहीत बनाउने गरेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले उक्त समस्या समाधानमा लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान भन्ने कार्यक्रम ल्याएको बताउनुुभयो ।

उहाँले खेलाडीलाई अगाडि बढाउने दायित्व स्थानीय तहको पनि भएकाले, पालिकाहरुले पनि स्थानीय तहमा खेल मैदान निर्माण र खेलकुदका लागि बजेट बिनियोजन गर्नुुपर्नेमा जोड दिनुुभयो ।

खेल शारीरिक र मानसिक स्वास्थ्य र अनुशासित जीवनशैलीसंग पनि जोडिएकाले युुवाहरुलाई खेल मार्फत अगाडि बढाउन सके स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा समेत सहयोग पुग्ने उहाँको भनाई छ ।
उहाँ भन्नुुहुुन्छ, पछिल्लो समयका युुवाहरु कि मोबाईल, नभए लागुुपदार्थ दुुव्र्यसनीमा फसिरहेका छन् युुवाहरुलाई यस्ता कुुलतबाट जोगाउनु हामी सबैको दायित्व हो ।

उनीहरुलाई खेलकुुदमा पे्ररित गर्न स्थानीय तह लगायत सबैले आ आफ्नो तर्फबाट जोड दिनुुपर्छ ।

हरेक स्थानीय तहले कम्तिमा एक खेलमैदान र एक खेल प्रशिक्षकको मात्र व्यवस्था गरिदिए गाँउगाँउमा रहेका खेलाडीहरुको पहिचान, निरन्तर अभ्यास र उत्कृष्ट खेलाडी छनौटमा ठूलो सहयोग पुुग्ने उहाँ बताउनुहुन्छ ।

 

 

  • १ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • Nabintech