काम गरौं, फलको आशा नगरौं

असल शासन प्रतिनिधि

ईश्वर दाहाल
प्रमुख, गौरीशंकर बालगृह दोलखा

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०५३ साल कार्तिक ३ गते स्थापना भएको गौरीशंकर बालगृहले नेपाल भरिका बेसाहारा अभिभावक बिहिन बालबालिकालाई संरक्षण तथा उनिहरुलाई माध्यमिक तह सम्मको शिक्षा स्वास्थ्य खानपान सहितको आवाशिय सुविधा प्रदान गर्दै आएको छ । अभिभावक बिहिन बेसाहारा बालबालिकालाई आवासिय शैक्षिक सेवा प्रदान गर्दै यसमा राज्यले लिनुपर्ने दायित्व समेत हामीले लिरहेका छौं भने जन्मेपछि बालबालिकाको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा यस संस्थाले गरिरहेको छ । गौरीशंकर बालगृहले नेपाल बाल संगठनको मातहतमा रहेर बिभिन्न सेवामूलक कार्यक्रमहरु गर्दै आइरहेका छ । सडक बालबालिका साथै आमा बाबू नभएका अभिभावक बिहिन सडक बालबालिकाहरुलाई स्थानीय सरकार जनप्रतिनिधि र जिल्ला प्रशासन लगायत को सिफारिसमा यहाँ राख्न बालबालिका छनौट गरिन्छ भने हाल २५ जना बालबालिकाहरुलाई यस गौरीशंंकर बालगृहमा रहेका छन् ।

२. यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– स्थापनाकालमा नेदरल्यान्ड सरकार सँग र केही बर्ष अघि देखी नेपाल बाल संगठन सँग सहकार्य हँुदै आएको छ ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हाम्रो गौरी शंकर बालगृह दोलखामा भएतापनि बेसाहारा अभिभावक बिहिन बालबालिकालाई संरक्षणका लागि दोलखामा मात्र नभएर नेपाल अधिराज्य भरिमै काम गर्दै आईरहेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– हालसम्म हामीले ५ हजार भन्दा माथि बालबालिकालाई सेवा प्रदान गरेका छौँ । हामीले सेवा प्रदान गरेकोे बालबालिकाहरु नेपाल सरकारको विभिन्न सरकारी गैरसरकारी सेवा देखि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै पुगेका छन । साथै उनिहरुले बालगृहमा बेलाबेलामा सहयोग समेत गर्दै आएका छन् ।

५. सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– काम गर्नु फलको आशा नगर्नु भनेको छ गिताले नै हाम्रो धर्मशास्त्रले पनि कार्य निरन्तर गरिहनु भनेको हो नि त्यसैले हामीले निरन्तरता दिइरहेका कार्य नै सफल हुन्छन् । सामाजिक काम गर्न सजिलो छैन तथापि यसमा आत्मसन्तुष्टि र खुशि मैले महशुस गरेको छु । आलोचना गर्ने विवादमा तान्नेहरु धेरै हुन्छन् तथापि आफ्नो कार्यमा अडिग रहेर सेवामूलक कार्य गरिरहदा ढिलोचाडो प्रतिफल पाइन्छ ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– २०७२ सालको विनाशकारी भुकम्पले हाम्रो भवनहरु जिर्ण बनाएको छ यसलाई पुनर्निर्माण तथा नया संरचना बनाउनेतर्फ हामी प्रदेश तथा संघको सरकारलाई बजेटको लागि सहयोग मागिरहेको छौँ साथै गुणस्तरीय शिक्षाको लागि पनि यहाँका बिद्यालय सँग समन्वय सहकार्य गरिरहेका छौँ । हामी सँग प्रशस्त जमिन छ यसमा नगदेबालि र पौष्टिक युक्त बालि लगाएर बालबालिकालाई यहाँ बाट उत्पादन भएको अर्गानिक खानेकुरा र बालबालिकालाई व्यवसायीक खेति गर्ने सीप सहित खेल्दै सिक्दै उधमि बनाउनेतर्फ योजना बनाइरहेका छौँ ।

७. असल शासन मिडियाको लागि केही भन्नुहुन्छ ?
– अन्त्यमा हामी बालबालिकालाई अभिभाव बाट टाढा रहने वातावरण को अन्तय गर्नुपर्नेछ यसले बालबालिकालाई आमा बाबुको माया ममता र साथको अपरिहार्य हुन्छ र सडकमा रहेका संरक्षणको अभावमा बेसाहारा बनेका बालबालिकालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो झनै राज्यको त महत्त्वपूर्ण भुमिका र योजना हुनुपर्छ यसका लागि तपाईं हामी सबैले राज्यलाई उत्तरदायी बनाउन पहल गर्नु आवश्यक छ ।

  • ७ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech