बर्दिया/ बर्दियामा बाघको आक्रमणबाट बाँकेकी एक युवतीको मृत्यु भएको छ।
बाँसगढी नगरपालिका- ४ स्थित जनचेतना सामुदायिक वन नजिकै बाघले आक्रमण गर्दा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकायको मृत्यु भएको हो ।
मनिषा दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।