बाघको आक्रमणबाट बाँकेकी युवतीको निधन

असल शासन प्रतिनिधि

बाघको आक्रमणबाट बाँकेकी युवतीको निधन

बर्दिया/ बर्दियामा बाघको आक्रमणबाट बाँकेकी एक युवतीको मृत्यु भएको छ।

बाँसगढी नगरपालिका- ४ स्थित जनचेतना सामुदायिक वन नजिकै बाघले आक्रमण गर्दा  बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकायको मृत्यु भएको हो ।

मनिषा दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।

 

  • १० जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech