गजे थापा
कार्यक्रम संयोजक, महिला मिलिजुली
१. तपाईंको जीवनको आदर्श के हो ?
– थोरैमा पनि सुखी हुनु, जुन जीवनको वास्तविकता पनि हो ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नुभयो ?
– कर्मशीलता नै मेरो उत्प्रेरणाको स्रोत हो । यसैले मलाई ऊर्जा दिइरहेको छ ।
३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– आफुले जानेका कुराहरु सेयर गर्ने र अरुहरुले गरेका राम्रा कामहरुमा जोडिने यस्तै यस्तै ।
४. तपाईंको जीवनको अविश्मरणीय क्षण ?
– वि.सं. २०४५ सालमा स्व. राजा वीरेन्द्रको सुर्खेत सवारीको बेलामा अस्थायी टेलिभिजन प्रसारणमार्पmत टिभी हेर्दाको क्षण अभैm पनि सम्झि रहन्छु । त्यो बेला टिभी हुनु भनेको सामाजिक हैसियतको विषय मानिन्थ्यो ।
५. तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
– सकारात्मकता नै मेरो बुझाईमा असल शासन हो ।
६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
– सकेसम्म राम्रो काममा व्यस्त रहने र सहयोगी बन्ने मेरो प्रतिबद्धता रहेको छ ।