६ प्रश्नमा गजे थापा

असल शासन प्रतिनिधि

गजे थापा
कार्यक्रम संयोजक, महिला मिलिजुली

१. तपाईंको जीवनको आदर्श के हो ?
–  थोरैमा पनि सुखी हुनु, जुन जीवनको वास्तविकता पनि हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नुभयो ?
– कर्मशीलता नै मेरो उत्प्रेरणाको स्रोत हो । यसैले मलाई ऊर्जा दिइरहेको छ ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– आफुले जानेका कुराहरु सेयर गर्ने र अरुहरुले गरेका राम्रा कामहरुमा जोडिने यस्तै यस्तै ।

४. तपाईंको जीवनको अविश्मरणीय क्षण ?
–  वि.सं. २०४५ सालमा स्व. राजा वीरेन्द्रको सुर्खेत सवारीको बेलामा अस्थायी टेलिभिजन प्रसारणमार्पmत टिभी हेर्दाको क्षण अभैm पनि सम्झि रहन्छु । त्यो बेला टिभी हुनु भनेको सामाजिक हैसियतको विषय मानिन्थ्यो ।

५. तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
– सकारात्मकता नै मेरो बुझाईमा असल शासन हो ।

६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
– सकेसम्म राम्रो काममा व्यस्त रहने र सहयोगी बन्ने मेरो प्रतिबद्धता रहेको छ ।

 

  • १३ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech