नेपालमै पहिलो पटक मनाईयो विश्व ओत दिवस

ईन्द्रा कुुमारी केसी

ईन्द्रा कुमारी केसी

घोडाघोडी कैलाली /

कैलालीको टिकापुरमा नेपालमै पहिलो पटक विश्व ओंत दिवस मनाईएको छ । डब्लुडब्लुएफ नेपालले नेपाल सरकारसँगको सहकार्यमा नेपालमा पहिलो पटक विश्व ओंत दिवश मनाएको हो ।सोनाहा विकास समाज , डल्फिन संरक्षण केन्द्र, साना स्तनधारी संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, मुक्त कमैया महिला विकास मञ्च र डिभिजन वन कार्यलय पहलमानपुरको सहकार्यमा दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै सुदुूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाले सङ्कटमा रहेको ओंतको संरक्षणका लागि सबै जना एक जुट हुुनुुपर्ने बताउनुु भयो । उहाले भन्नभयो, जीवजन्तुलाई जोगाउनुपर्छ, ओंतको बारेमा धेरै मानीसहरुलाई जानकारी नै छैन, स्थानीय स्तरमा जनचेतना मुलक कार्यक्रमहरु गरी लोप हुन लागेको ओंत लगायतका जीवजन्तुको संरक्षणमा लाग्नुपर्ने र सो का लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

विश्वमा धेरै जनावरहरु लोप हुुदै गईरहेको जानकी गाँउपालिकाका अध्यक्ष गणेश चौधरी बताउनुुहुन्छ । कुुनै समयमा डाईनासोर पनि थियो अहिले लोप भईसकेको छ उहाँले भन्नुभयो, ओंतलाई पनि डाईनासोर नै बनाएर चित्रमा हेर्ने अवस्था आउदैछ त्यसैले यसको संरक्षणका लागि सबैजना एक जुुट हुुनुुपर्दछ ।

खेतीमा प्रयोग हुने विभिन्न बिषादीहरु न्दि तथा ताल तलैयामा मिसिई ओंत लगायत जलचरहरुको वासस्थान संकटमा पुुगेको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताउनुुभयो । पारिस्थितीकिय प्रणालीको अभिन्न अंगका रुपमा जीवजन्तु रहेको बताउदै ठाकुरले भन्नुभयो, यीनको संरक्षण गर्नुु हामी सबैको कर्तव्य हो ।

डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले डल्फिन र ओंत जस्ता, दुुर्लभ एवं लोपोन्मुख वन्यजन्तुको संरक्षण संगसंगै समुदायको दिगो बिकासका लागि कसरी अगाडि बढ्ने भन्ने तर्फ सबैको चासो निरन्तर रहनुपर्ने बताउनुुभयो ।

लोपोन्मुख हुँदै गएको ओंतको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु पनि भईरहेका छन । यसको संरक्षणका लागि कर्णाली नदिमा ओंत संरक्षण सचेतना तथा समुुदायको जीविकोपार्जन सुुधार कार्यक्रम समेत लागुु भएको छ । उक्त कार्यक्रमले विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । सन् २०२३ अप्रिल देखि सुरु भएको सो कार्यक्रम २०२६ मार्च सम्म लागुु हुुने कार्यक्रम संयोजक रत्न केसीले जानकारी दिनुुभयो । ओत संरक्षणकै लागि भनेर संरक्षण कार्य योजना नै बनाएको ओत संरक्षणका फिल्ड कोअर्डिनेटर तथा डब्लु डबलु एफका प्रतिनिधि आशिश कपालीले बताउनुभयो । यस अघि ओत संरक्षणकै लागि छुुट्टै योजना बनाएका थिएनौ उहाले भन्नुभयो,१ बर्ष पहिले देखि योजना नै बनाएर ओतको संरक्षणका कार्यक्रमहरु गरिरहेका छौ ।

ओत संरक्षणका लागि समुदाय स्तरमा सचेतना कार्यक्रमहरु गरिरहेको संरक्षणकर्मी बिजय श्रेष्ठले बताउनुुभयो । उहाका अनुुसार कर्णाली नदी तटिय वर्दिया र कैलाली तर्फ , ओत संरक्षण समूहहरु गठन गरिएको छ ।

के हो ओत

नेपालमा पाईने वन्यजन्तुु मध्यको पानीमा बस्ने एक सानो स्तनधारी प्राणी हो ओंत । यसको मुुख्य आहारा माछा हो । माछा संगै भ्यागुता, गँगटा जस्ता साना जीव पनि यसका आहारा हुन् । ओंत खोला नाला, ताल तलैया तथा सिमसारको डिलमा रहेका माटोको प्वालमा, ढुङ्गे ओढार वा रुखका जराहरुका बिचमा बस्दछन् । जाडोयाममा यिनीहरु बलौटे बगरहरुमा सुतेर घाम ताप्ने गर्दछन् । यीनीहरु नदी, खोला नाला, ताल तलैया तथा सिमसारका नजिकका वनजगलमा विचरण गर्ने गर्दछन् ।

यीनिहरु शान्त ठाउँ मनपराउँछन् । विश्वमा १३ प्रजातिका ओंत पाईन्छन् जसमध्ये नेपालमा भने तीन प्रजातिका ओंत मात्र पाईने गरेको साना स्तनधारी प्राणी संरक्षण तथा अनुुसन्धान फाउण्डेसनका कार्यकारी निर्देशक सञ्जन थापाले बताउनुुभयो । नेपालमा कालो (यूरेशियन ओटर), खैरो ओत (स्मूथ कोटेड ओटर), र सानो ओत (एशियन स्मल ओटर) गरेर तीन प्रजातिका आेंत पाइन्छन् ।

थापाका अनुुसार कालो ओंत कर्णालीको माथिल्लो भाग, पहाडी र हिमाली भागमा पाईन्छ भने खैरो ओंत तराई क्षेत्रका पुर्वमा सप्तकोशी, मध्यमा पूर्वी राप्ती, पश्चिम बबई, तल्लो कर्णाली र शुक्लाफाँटा लगायत कैलालीका नदि क्षेत्रमा पाईने अभिलेख छ । सानो ओंत भने नेपालमा लामो समय देखि रेकर्ड भएको छैन ।

स्वच्छ पानीको सूचक प्रजातीका रुपमा मानिने ओंत मानवीय क्रियाकलापका कारण संकटमा पर्दै गएको छ । तराई र पहाडी क्षेत्रमा पाइने ओंत पानीको बढ्दो प्रदूषण, वासस्थान र आहारामा मानवीय हस्तक्षेप र वातावरणीय परिवर्तन जस्ता कारणले लोप हुदै गएको थापाले बताउनुभयो । “कुनै स्थानमा ओंत देखिनु भनेको उक्त क्षेत्रको पानी स्वच्छ छ भनेर बुझ्नु पर्छ, उहाँले भन्नु भयो, तर पछिल्लो समय नदि तथा सिमसारमा मानवीय गतिविधीले ओंत संकटमा पर्दै गएका छन । नदीबाट बालुवा तथा ढुङ्गा उत्खनन, सिमसार दोहन, माछा मार्न ठूला जाल, बिष तथा करेन्टको प्रयोग, लगायत कारणले ओंतको वासस्थान विनाश हुँदै गएको छ । खोला किनार बाटो बनाउने तथा ठूला जलविद्युत आयोजनाका कामले गर्दा नदीमा आश्रीत अन्य जलचर प्राणीलाई जस्तै ओंतको वासस्थानमा समेत असर परेको थापाले बताउनुुभयो ।

दुुर्लभ एवं लोपोन्मुख प्रजातीका रुपमा रहेको ओंतको छालाको लागि शिकार तथा तस्करी समेत हुुने गरेको छ ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार सम्बन्धी महासन्धि, १९७३ (साईटिस) अनुसार नेपालमा पाईने तीन प्रजातीका ओंतहरु मध्ये कालो ओंत दुर्लभ वन्यजन्तु (अनुसूची १) तथा खैरो र सानो ओंत लोपोन्मुख वन्यजन्तु (अनुसूची २) मा सूचीकृत छन् ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार ओंतको शिकार गरी मारेमा वा घाईते बनाएमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था रहेको छ । भने, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार कालो ओंत (दुर्लभ वन्यजन्तु) को कारोबार वा व्यापार गरेमा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा पाँचलाख देखी दशलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । त्यस्तै खैरो र सानो ओंतको (लोपोन्मुख वन्यजन्तु) कारोबार वा व्यापार गरेमा २ वर्षदेखि १० वर्षसम्म कैद वा एकलाख देखी पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech