छ प्रश्नमा गौरी कुमारी शाही

माधव कार्की

गौरी कुमारी शाही
वडा सचिव, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २

१. तपाईंको जीवन को आदर्श के हो ?
– मेरो जीवनको आदर्श निरन्तरता हो । मलाई निरन्तरताले असम्भवलाई पनि सम्भव बनाइदिन्छ जस्तो लाग्छ । जस्तै पानिले चट्टान काट्न त सक्दैन तर निरन्तर चट्टानलाई छोएर बग्ने पानिले चट्टानलाई काटेको हुन्छ र त्यसै गरि म मेरो जीवनमा निरन्तरतालाई आदर्श मानेकी छु । यसले मलाई प्रेरित गरिरहन्छ । म कुनै काम मेरो जिम्मेवारीमा आएमा म त्यो काम नसकुन्जेल निरन्तरता दिईरहन्छु ।

२. कसको प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो?
– मेरो जीवनको उत्प्रेरक व्यक्ती मेरो दाजु हो उहाँ नभएको भए आज म यहाँसम्म आई नपुग्ने सुनिश्चित नै थियो । दाजुको उत्प्रेरणा सहयोग, म प्रतिको आश भरोसाले नै आज मैले यो स्थान पाएकी छु । दाजुको धैर्यता, सकरात्मक सोच, सहयोगि व्यवहारले मलाई सधै जागरूक बनाई रहन्छन ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– मैले समाजका लागि एउटा अशल राष्ट्र सेवक कर्मचारी भएर सेवा प्रदान गरिरहेकी छु । स्थानीय स्तरमा प्रत्यक्ष जनताको माझमा रहेर नजिकको सरकारको प्रत्याभुती गराउन निष्पक्ष सेवा प्रदान गरिरहेकी छु यसै शिलशिलामा राज्यबाट पछि पारियका जातजातिहरू लाई पनि सेवा दिने अवसर यँहि नेपालगंजमा रहेका चिडिमार समुदायका मानिसहरूलाई पनि निष्पक्ष सेवा प्रदान गरि उत्प्रेरक बनियो र म जुन समाजमा हुर्के बढे त्यो समाजमा पनि मैले सत्मार्ग प्रदान गरेको छु जस्तो लाग्छ ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षन के हो?
– यो अविस्मरणिय क्षणलाई मेरो जीवनकै अभिन्न अंगको रूपमा लिएको छु । जुन समयमा म व्याचलर मात्र पढ्ने भनेर आएकी थिय त्यस समयमा घरको काम सिकेर विताए जसमा एक छेरीले विवाह गरेर गए पछि कसरी राम्ररी घर सम्हाल्नु पर्छ भनेर दैनिक कामकाजको सिकाई भयो । म यस समयलाई यसरी स्मरण गर्छुकी म घर व्यवहार सिक्नमै तल्लिन, व्यस्त थिए यो समय अन्जान घरको चिन्ता, काल्पनिक प्रेम र यो समय विशेष गरेर प्रेममय थियो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– मेरो विचारमा स्वशासन, स्पस्ट लिखित कानून र कानूको परिपालना नै अशल शासन हो जस्तो लाग्छ किनकी समाजमा मानिसलाइ सहजै शासन गर्न सक्ने भए पनि आफुलाइ शासन गर्न सकिराको हुदैन जस्तै म राज्यवाट पछि पारिएको मान्छे हु भन्ने थाहा भएपनि उ आफ्नो लागि केही गर्दैन र केही गर्ने परिपर्तन हुन सकिराखेको हुदैन । र स्पस्ट कानूनी व्यवस्था भएन भने स्वयम कानुन निर्माण कर्ता नै कानूनका छिद्रहरूबाट छिरिरहेका हुन्छन । साथै असल शासनका लागि विधिको शासन, समावेशी शासन, बहुपात्र र बहुस्तरको शासन हुनुपर्छ ।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech