कैलालीमा चैते धान खेती तर्फ बढ्दै आकर्षण

ईन्द्रा कुुमारी केसी

ईन्द्रा कुुमारी केसी
घोडाघोडी (कैलाली), २८ जेठ /

कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ का ५४ बर्षिय बुुझाउन चौधरी चैते धान भित्राउने तयारीमा छन । उनले ५ कट्ठा जमिनमा चैते धान लगाएका छन । बुुझाउनले ३ बर्ष देखि चैते धानको खेती गरिरहेका छन । बर्खे धान खेती भन्दा चैते धान खेतीमा उब्जनी धेरै हुुन्छ उनी भन्छन, आउदो बर्ष १ बिगाहामा लगाउने सोच बनाएको छुु ।

चैते धान खेती लगाएको सुुरुको बर्षमा ५ कट्ठामा १० क्विन्टल उत्पादन भएको बताउदै उनी भन्छन, बर्खे धान खेतीमा सोही जग्गामा बढिमा ६ क्विन्टल सम्म उत्पादन हुुन्छ ।
खानमा पनि मिठो र उत्पादन पनि राम्रो हुुने भएकाले आफुु चैते धान खेती तर्फ आकर्षित भएको उनको भनाई छ ।


बुुझाउनले जस्तै घोडाघोडी नगरपालिकाका ९० जना कृषकहरुले जम्मा ५ सय २१ कट्ठामा यस वर्ष चैते धान लगाएका छन । कतीले धान भित्राईसकेका छन भने कतिपय भित्राउने तयारीमा छन ।
उनीहरुको प्रोत्साहनका लागि घोडाघोडी नगरपालिकाले चैते धान खेती गर्नेलाई पुरस्कार स्वरुप नगद रुपैयाँ नै दिएर सम्मानीत गरेको छ ।
पालिका भित्रका चैते धान रोप्ने ९० जना कृषकलाई प्रति कट्ठा ५ सयका दरले पुरस्कृत र सम्मान गरेको कृषि शाखा प्रमुख जनक सिंह धामीले जानकारी दिए ।

पछिल्लो समय जमिन बाँझो राख्ने क्रम बढेको र स्थानीय रुपमै उत्पादन गर्न सकिने खाद्यान्नको समेत आयात बढ्दै जान थालेकोले कृषकहरुलाई प्रोत्साहित गरी कृषी उत्पादन वृद्धि गर्न शाखाले थोरै भए पनि नगद पुरस्कारले सम्मान गरेको उनले बताए ।

घोडाघोडी संगै कैलालीका अन्य पालिकाका किसानहरु पनि चैते धान खेती तर्फ आकर्षित भएका छन । कैलालीको तल्लो क्षेत्रका स्थानीयहरुले बिगत देखि नै चैते धान खेती लगाउने गर्दछन । वर्षेनी बाढीका कारण वर्खे धान लगाए पनी भित्र्याउन नपाउने हुुनाले सो क्षेत्रका बासिन्दा चैते धान लगाउदै आएका थिए तर पछिल्लो समय भने कैलालीका बाढी प्रभावित नहुने क्षेत्रका कृषक समेत चैते धान खेती तर्फ आकर्षित हुुदै गएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुुख खगेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुुसार जिल्लामा भजनी र टिकापुुर नगरपालिकाका साथै जोशिपुुर र कैलारी गाउँपालिकामा बिगत देखि नै चैते धान खेती लगाईन्छ । यी क्षेत्रमा वर्षातमा डुुबान हुुने भएकाले चैते धान लगाईन्छ । पछिल्ला वर्षहरुमा जिल्लाको घोडाघोडी, लम्कि चुुहा नगरपालिका र धनगढी उपमहानगरपालिकामा पनि चैते धान खेती लगाउने कृषकहरुको संख्या बढ्दै गएको छ ।
डुुबान हुुने क्षेत्रमा एक बाली मात्रै धान भित्र्याउने गरिन्छ भने अन्य क्षेत्रमा चैते र बर्खे गरेर २ बाली धान भित्राईने गरेको ज्ञान केन्द्र प्रमुुख शर्माले बताए । यसले जिल्लाको समग्र धान उत्पादनको स्थितीमा सुधार भएको उनले बताए । कैलाली जिल्लाभर गत वर्ष ११ सय हेक्टरमा मात्रै लगाईएको चैतै धान यस वर्ष भने कुल ११सय ५० हेक्टरमा लगाईएको छ, प्रति हेक्टर औषतमा ५ टनका हिसाबले यस वर्ष ५ हजार ७ सय ५० टन चैते धान उत्पादन हुने प्रक्ष्येपण रहेको उनले बताए ।

चैते धान खेतीका लागि केन्द्र र प्रदेश सरकारका साथै स्थानीय तहहरुले पनि विभिन्न खालका योजनाबद्ध कार्यक्रमहरु कर्यान्वयन भै रहेको बताउदै उनले भने, चैते धान खुला आकाशमुनी पर्याप्त सूर्यको प्रकाश पाउने भएकाले उत्पादन पनि बढी हुन्छ, रोग किराहरुको प्रकोप समेत कम हुन्छ । पछिल्लो समय कैलालीमा चैते धान तर्फ कृषकहरु आकर्षित भै रहेका छन् यसले धान खेतीको क्षेत्रफल र वार्षिक उत्पादन पनि बढ्दै गएको छ ।

उनका अनुुसार चैते धान खेतीको विस्तारले जिल्लाका बाढी प्रभावित ४ वटा स्थानीय तहका कृषकहरुको जीविकोपार्जन सहज हुनेछ । अन्य पालिकाका कृषकहरुले पनि वर्षको २ पटक धानबालीबाट लाभ लिई आम्दानीमा बृद्धि हुनुका साथै भारतबाट हुने धान चामलको आयातमा कमि आई खाद्यान्नमा आत्मनिर्भरता बढ्ने अपेक्षा गरिएको छ ।

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • Nabintech