असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

बाँसगढी/ बर्दियाको बाँसढगढी नगरपालकिा वडा नम्बर ७ का असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

डाक्टर सारा नेफ को अगुवाईमा स्विजरल्यान्डका नागरिकहरुले सुरु गर्न लागेको गरिब असाहय बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले ११ जना बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको उक्त परियोजनाका नेपाल कोर्डिनेटर राघव कार्कीले बताए । सामुदायिक बिद्यालयतर्फ बालबालिका र अबिभावकहरुको ध्यान केन्द्रीत गर्दै जो आर्थिक स्तर कमजोर भएका बालबालिका छन् ,जो शैक्षिक सामाग्रीकै अभावले बिद्यालय पुग्न सकिरहेका छैनन् उनीहरुलाई केही सम्म भएपनि राहत होस भन्ने उद्धेश्यले सहयोग गरिएको कोर्डिनेटर कार्कीले बताए ।

पहिलो चरणको कार्यक्रम राप्तीसोनारी बाँकेमा बितरण सकेर बर्दियाको बाँसगढी नगरपालिका ७ मा सहयोग गर्ने गरी शुरु गरिएको उक्त कार्यक्रममा वडा भित्रका सबै टोल बाट गरि ३३ जना बालबालिकाहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ पहिलो चरणमा ११ जनालाई सहयोग प्रदान गरिएको हो । कक्षा १ देखी १० सम्म अध्यण गर्दा सम्म हरेक बर्ष उनीहरुलाई शैक्षिक सामाग्री सहित स्कुल युनिफर्महरु प्रदान गरिनेछ ।

शैक्षिक सामाग्रीहरुमा कापी , कलम , पेन्सिल , ज्यामिती बकस , कलर पेनसिल , स्कुल युनिफर्म २ जोर, स्कुल जुत्ता मोजा २ जोर, टाइ , बेल्ट, खेलकुद ड्रेस ट्र्याक सुट र टिसर्ट १ सेट , खेलकुद जुत्ता मोजा १ जोर र स्कुल ब्याग १ थान बितरण गरिएको थियो । ११ जना बालबालिकाहरुमा वडा नम्बर ७ अन्तर्गत भृकुटी माबिमा ६ जना, त्रिभुवन माबि ककौरामा २, कालिगण्डकी प्राबि बसन्तपुरमा १ जना र कर्णाली प्राबि तोरैयामा २ जना बालबालिकाहरु रहेका छन् ।

उक्त परियोजनाका नेपाल स्थित कोर्डिनेटर राघव कार्कीको समुपस्थितीमा बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्की, बास नेपाल डेउढाकला ईकाई अध्यक्ष बिष्णु देबि राना र स्थानिय बिष्णु काफ्लेको समन्वयमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

  • २८ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech