दैलेख/महाबु गाउँपालिकाले आ.व. २०८१/०८२ को पहिलो चौमासिकमा सम्पन्न भएका योजना, विकास निर्माण र सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरेको छ ।
महाबु गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शुक्रबार भएको सुनुवाईमा नागरिकहरुले गाउँपालिकासंग विकासका बिभिन्न माग राखेका थिए । गाउँपालिका भित्रका बिभिन्न बस्तिहरुमा बाटो तथा सडक निर्माणमा पालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । सार्वजनिक सुनुवाईका अधिकाँस सहभागिहरुले बाटो, घाटो, सडक र पुलकै माग गरेका थिए । पालिकाभित्र बिभिन्न योजना निर्माणको लागि ठेक्का भइ काम सञ्चालन हुने तर काम समपन्न नहुदैँ अधुरो छोड्ने समस्या भएको नागरिकहरुको भनाइ थियो । सहभागीले सडक, बाटोघाटो, नाला तथा ढल निकास, लक्षित वर्ग केन्द्रित कार्यक्रम, शिक्षा, स्वास्थ्य लगायतका विषयमा सरोकावालालाई प्रश्न गरेका थिए ।

सहभागिहरुले गरेको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष जैग बहादुर शाहीले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा लागिपरेको बताए । बिगतका वर्षहरुदेखि अधुरा रहेका विकास योजनाको जिम्मा पाएका निर्माण ब्यवसायीहरुलाइ सम्पकैमा आइ काम गर्नका लागि पत्राचार गरिसकिएको र तत्काल छलफल गरी काम सुचारु गर्ने गरी लागिपरेको अध्यक्ष शाहीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष मञ्ज’ कुमारी शर्मा (पाण्डे) ले सबै विकास एकै पटकमा सम्भव नहुने बताउदै आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुँर्दै जाने र पालिकाले अवको केहि वर्षभित्र पालिकाले विकासको दृष्टिकोणले फड्को मारेको हेर्न सकिने गरि काम गर्ने बताइन् । पालिकाभित्र निर्माण हुने योजना, बिध्यालय र बिभिन्न क्षेत्रको नियमित अनुगमन गरिने सरोकारवालहरुले बताएका थिए । सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्याय, वडा अध्यक्ष र शाखा प्रमुखहरुले समेत सहभागिहरुको प्रश्नको जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाए उठान भएका विषयको आधारमा विभिन्न ७ बुदें साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको थियो । घोषणा गरिएका प्रतिवद्धताहरुमा पालिकाभित्रका स्वास्थय संस्थाबाट निशुल्क उपलब्ध हुने औषधिको अभाव हुन नदिन बिबिधता अपनाउने, शिक्षा र स्वास्थ्यको गुर्णस्तर बृद्धी गर्न नियमित रुपमा अनुगमन गर्ने, पालिकाभित्र निर्मार्णधिन, र अधुरा योजनाहरुको काम सम्पन्न गर्नका लागि निर्माण ब्यवसायीलाइ पत्राचार गरी छलफलका माध्यामबाट तत्काल काम सुचारु गर्न लगाउने, पालिकामा खानेपानीको समस्या समाधान गर्न अधुरो खानेपानी योजनालाइ पुर्णता दिन आवश्यक समन्वय गर्ने, पालिकाभित्रका सबै बिध्यालयहरुमा क्षात्र र क्षात्राको लागि छुट्टाछुट्टै सौचालयको ब्ष्वस्थापन गर्न आगामि आ.व. को योजनामा समावेश गर्ने, सार्वजनिक सुनुवाइको प्रभावकारिताको लागि आगामी दिनमा घुम्ति सार्वजनिक सुनुवाइ गर्ने र वडा स्तरमा समेत सार्वजनिक सुनुवाइको आयोजना गर्ने रहेका छन् ।
बास नेपालका कार्यक्रम प्रवन्धक मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायले यो अवधीमा गरेका कामहरु, सम्पन्न योजना र सेवा प्रवाह सम्बन्धिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा यस अघि संकलन गरिएको नागरिक सन्तुष्टि सर्वेक्षणको नतिजा प्रस्तुत गरिएको थियो ।











