सहारा बन्दै पत्रकार ठकुरी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोहलपुर १२, शान्ति टोलका भीम बहादुर घर्ती र दिलकुमारी घर्तीका लागि नेपालगन्जका पत्रकार आशिष मल्ल ठकुरी सहारा बनेका छन ।

घर्ती दम्पतीका १६ वर्षीय छोरा सन्दीप घर्ती गएको साउनमा अचानक बिरामी पर्दा बुवा-आमा परदेशमा थिए ।

बिरामि सन्दीपलाई साउनको २८ गते नेपालगञ्जको एक अस्पतालमा आफन्तले भर्ना गरेका थिए , तर चार दिनसम्म पनि सुधार नदेखिएपछि काठमाडौं वा लखनऊ लैजानु पर्ने भयो। बाआमा रोजगारको ठाउँबाट सोझै लखनऊ पुगे भने आफन्तले सन्दिपलाई लखनऊ पुर्याएका थिए । तर, लखनऊको देबिना अस्पतालमा राम्रो उपचार पाइएला भन्ने आशामा पुगेका परिवारलाई अस्पतालको लापरवाही र गैरजिम्मेवार व्यवहारले झन् ठूलो धक्का दियो।

सन्दीपको अवस्था बिग्रँदै जाँदा, अस्पताल प्रशासनले देखाएको उदासीनता र बेवास्ताले परिवारलाई निराशा मात्र दिएन, सन्दीपको जीवन झन् संकटमा पारिदियो।एक महिनासम्म लखनऊको देबिना अस्पतालमा उपचार गर्दा सन्दीपको स्वास्थ्यमा सुधारको सट्टा स्थिति झन् बिग्रिँदै गयो।

अस्पतालले दिनहुँ ४०-४५ हजार भारतीय रुपैयाँको औषधि खरिद गर्न लगाउँदा परिवार माथी आर्थिक भार निरन्तर बढ्दै गयो। औषधि र उपचारका नाममा करीब ७ लाख भारतीय रुपैयाँ अर्थात् ११ लाख २० हजार नेपाली रुपैयाँ खर्च भयो। तर यति ठूलो रकम खर्च गर्दा पनि, न त सन्दीपको रोगको पत्ता लाग्यो , न त अस्पतालले प्रभावकारी उपचार प्रदान गर्यो। त्यसपछि सन्दिपलाई आमा बुवाले घर फर्काएका थिए।यही बेला, आशिष मल्ल ठकुरीको सच्चा मानवता प्रकट भएको छ । सन्दीपको उपचारमा कुनै सम्झौता नहोस् भन्ने दृढतासहित उनले आफ्ना व्यक्तिगत जिम्मेवारीलाई छोडेर घर्ती परिवारको सहयोगमा हात बढाएका छन । देबिना अस्पतालको लापरवाहीबाट प्रभावित परिवारलाई उनले नयाँ आशा दिएका छन । आशिषले आफ्नै पहलमा बिहिबार सन्दीपलाई उपचार गराउन पुन लखनऊ लगेकाछन् ।

  • २३ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech