अझै पाएनन् मुगुका असिना पिडितले राहात

गोकर्ण शाही

मुग / गएको जेठमा आएको असिना पिडितले ११ महिना बितिसक्दा पनि राहत नपाएको गुनासो आएको छ ।

गत जेठ २ गते मुगुको खत्याड गाउँपालिका.वडा नम्बर १,२ र ३ का बस्तीहरूमा असिना पानीले खाद्यान्न बाली तथा फलफुल लगायतका हजारौं क्विन्टल को क्षति भएको र पीडितले अझै सम्म पनि राहात नपाएको किसान कल बहादुर रोकाया ले बताए ।

स्थानीय सरकार, प्रदेश सरकार सँग पटक पटक पीडितले आवाज उठाउँदा पनि सम्बन्धित निकायका जन प्रतिनिधिहरूले पीडित प्रति खासै चासो नदिएको पाइयो । जौ, गौ, मसुरो, सिमी , केराउ , फलफूल लगायतका विभिन्न बालीहरू भित्राउने बेलामा बाली नष्ट हुँदा पेट पाल्न गारो हुने भएकाले राहात रकम कुनै पनि निकायले ११ महिना बितिसक्दा पनि उपलब्ध नगराएको भनी किसान लाल सिंह बिटालुले बताए । सिंह दरबार को अधिकार स्थानीय तहमा आउँदा पनि अझै पीडित जनताले राहात नपाउनु जन प्रतिनिधिहरुको पिडित जनताप्रतिको हेलचेक्राइँ भएको देखिन्छ ।

असिना पानीले क्षति पुर्याउने बितिकै गा.पा. अध्यक्ष अज बहादुर शाही, उपाध्यक्ष सरिता रोकाया र कृषि शाखाका कर्मचारी लगायत वडा अध्यक्ष सहित सम्बन्धित ठाउँमा पुगेर पनि राहात को प्रक्रिया छिटै उपलब्ध गराउने वचन दिएता पनि हाल सम्म पिडितले राहात नपाउनु जन प्रतिनिधि को कमजोरी भएको पीडित पक्ष बताउँछन्।

  • २९ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech