काठमाडौँ/ सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गर्ने एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंगलबार सर्वोच्च अदालतको बोर्डमा एक महिलाले सर्वोच्च अदालत अघि बोर्डमा कालो रंग छ्यापेकी हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकी महिला बिनु यादव हुन् ।
प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ ।
रामेछापका पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् तर प्रहरीले जाहेरी नै गायब पारेको आरोप छ।