युवामैत्री कार्यक्रम बनाउन बास नेपालले बुझायो २० वटा पालिकाहरुमा सुझाव पत्र

२० वटा पालिकाहरुका युवामैत्री कार्यक्रम बनाउन सुझाव पत्र पेश

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले अन्तरराष्ट्रिय युवा दिवस २०२५ ”दिगो विकास र सुनौलो भबिश्यको सार स्थानीय युवाको सहभागीता, समृद्धिको आधार” भन्ने नारा सहित भब्य कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । सोही अवसरमा नागरिक समाजको तर्फबाट बास नेपालले २० वटा पालिकाहरुका युवामैत्री कार्यक्रम बनाउन सुझाव पत्र बुझाएको छ ।

 

सुझाव पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुदलगायत क्षेत्रमा युवाको सहभागिता प्रवद्र्धन गर्ने नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने, साथै ती क्षेत्रमा अनुगमन र मूल्याङ्कनमा पनि युवाको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्ने २३ बुँदा रहेका छन् भने यसमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, राष्ट्रिय युवा नीति २०७२, ‘यूथ भिजन २०२५’ लगायत कानुन, नीति र रणनीतिहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै युवालाई शासकीय प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
दिवसकै दिन बास नेपालले नागरिक समाजको तर्फबाट बाँके शाखा मार्फत जिल्लाका ८ वटा पालिकाहरु कोहलपुर नगरपालिका,नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाँउपालिका, जानकी गाउँपालिका, खजुरा गाँउपालिका र डुडुवा वगाँउपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिका रहेका छन् ।

त्यस्तै गरी बर्दिया शाखा मार्फत जिल्लाका २ पालिकाहरु गुलरिया नगरपालिका गेरुवा गाँउपालिकामा सुझाव पत्र बुझाएको छ । बास नेपाल दाङ शाखा मार्फत जिलाका ३ पालिकाहरु दाँगिशरन गाँउपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा सुझाव पत्र बुझएको छ भने सिराहा शाखा मार्फत जिल्लाका २ पालिकाहरु गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा बुझएको छ ।

त्यसैगरी जाजरकोट शाखा मार्फत भेरीनगरपालिकामा, सुर्खेत शाखा मार्फत बिरेन्द्रनगर नगरपालिकामा, दैलेख शाखा मार्फत नारायाण नगरपालिकामा सुझावपत्र बुझाएको छ ।

बास नेपाल दाचुर्ला शाखा मार्फत महाकाली नगरपालिका र प्युठान नगरपालिका मार्फत मल्लरानी गाँउपालिकामा सुझावपत्र बुझाएको छ ।

शाखा अध्यक्ष सहित अन्य पदाधिकारीहरुको टोली आ आफ्नो पालिकामै पुगेर पालिका प्रमुख समक्ष सुभावपत्र बुझाईएको हो ।

  • २९ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech