माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा

असल शासन प्रतिनिधि

नेपालगन्ज पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले नेपाल सहित सहित ९३ जना विरुद्ध आज मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त लगायत छन् ।

यसैगरी तत्कालीन सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । यसैगरी तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

  • २३ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • Nabintech