नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका स्थित वडा नम्बर ८ का मुस्लिम समुदायका किशोरी तथा महिलाहरुलाई फ्रिडम किट व्याग वितरण तथा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
फ्रिडम किट व्याग एफकेबी यूकेको आर्थिक सहयोग र बास नेपालको आयोजनामा आइतबार एक कार्यक्रमको आयोजना गर्दै फ्रिडम किट व्याग वितरण गरिएको हो।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पबित्रा पुरीले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमले महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा आउने समस्याबाट बच्न सजग गराएको बताइन् । पुन ः प्रयोग गर्न मिल्ने फ्रिडम किट ब्याग वितरणले मुस्लिम समुदायका किशारी तथा महिलाहरुले लाभ पाएको बताउदै उन्ले भनिन् महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन र महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईको विषयमा कार्यक्रमबाट किशोरी तथा महिलाहरुले जानकारी पाएको पुरीको भनाइ थियो । पुरीले सेनेटरी प्याड्ले आर्थिक पक्ष सङ्गै वातावरणमा प्रभाव पार्ने भएकाले उपस्थित भएका किशोरी तथा महिलाहरुले आगामी दिनमा पालिकाबाट प्रदान गर्ने विभिन्न तालिमका लागि छुट्याइने बजेटबाट कपडाको प्याड बनाउनका लागि आवस्यक पर्ने सीप सिक्नका लागि योजना राख्न सक्ने र व्यबसायी बन्नलाई समेत सुझाव तथा सल्लाह दिएकी थिइन् ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भन्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकास पारेको कार्यक्रममा फात्तिमा फाउण्डेशनकी अध्यक्ष मैमुना शिद्धिकीले मुस्लिम समुदायका महिलाहरुले महिनावरी भएको समयमा समेत सम्पुण घरायसी काम गर्नुपर्ने बाध्यता भएको बताउदै सो समयमा आरामको आवशयक्ता पर्ने बताइन् । कार्यक्रमबाट महिला तथा किशोरीहरुले महिनावरी स्वच्छताको विषयमा जानकारी पाएको उन्को भनाइ थियो । कार्यक्रममा सहभागीहरु मध्यका केही सहभागीहरुले यस्तो कार्यक्रमले घरायसी काममा मात्रै व्यस्त रहने महिलाहरुका लागि एकदमै प्रभाकारी रहेको बताए साथै प्याड बनाउने सीप सिकेर बजारमा बेच्न पाए आर्थिक रुपमा सबल बन्न सकिने बिश्वाश रहेको बताएका थिए ।