काठमाडौँमा राष्ट्रिय युवा सम्मेलन २०२६ हुँदै

असल शासन प्रतिनिधि

काठमाण्डौं । गैरसरकारी संस्था महासंघ नेपाल, राष्ट्रिय युवा परिषद् र युवा अभियानको संयुक्त आयोजनामा राष्ट्रिय युवा सम्मेलन २०२६ आयोजना हुने भएको छ।
युवाका अधिकार, जिम्मेवारी, पहिचान तथा सम्मानका विषयलाई राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्ने उद्देश्यले मंसिर १३ र १४ गते काठमाडौंमा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनमा देशका सात वटै प्रदेशबाट पाँच सय भन्दा बढी युवा, युवा सञ्जाल, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका नेतृत्वकर्ता, सरकारी निकाय, विकास साझेदार तथा युवासँग सरोकार राख्ने व्यक्तित्वहरूको सहभागिता रहने गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिब नमस्कार शाहले जानकारी दिए। युवा मुद्दा, युवाको सहभागिता, नेतृत्व, योगदान र अधिकारका विषयमा साझा दृष्टिकोण निर्माण गर्न सहयोग गर्ने अपेक्षा गरिएको दुईदिने सम्मेलनमा युवासँग सम्बन्धीत विभिन्न १२ वटा विषयगत क्षेत्रमा छलफल तथा संवाद बताइएको छ ।
सम्मेलनको उद्घाटन युवा तथा खेलकुद मन्त्री रामजी यादब बाट हुने कार्यक्रम रहेको छ। सम्मेलनको पहिलो दिन मंसिर १३ गते बिहान ८ बजे मानव अधिकार ¥याली आयोजना गरिएको बताइएको छ ।

  • १३ मंसिर २०८३, शनिबार प्रकाशित

  • Nabintech