प्राकृतिक महिमा अलौकिक शक्तिको देन हो । आकाश, सूर्य, पृथ्वी, चन्द्रमा, तारा नक्षत्र, ग्रह लगायत प्राणी, वनस्पती, जलस्रोत, खनिज पदार्थ, सम्पूर्ण ब्रहमाण्ड दैवी शक्तिकै परिणाम हो ।
विष्णु भगवानले जगतको रक्षार्थ युग–युगमा पृथ्वीमा अवतार लिनुहुन्छ भन्ने धार्मिक शास्त्रमा उल्लेख छ । श्री कृष्ण भगवानले गीतामा भन्नु भएको छ ।
“यदा यदाहि धर्मस्य ग्लानिर्र्भवती भारत,
अभ्युत्थानम तदात्मानम् सृजाम्यहम् ।
परित्राणाय साधुनाम विनाशायच दुष्किृताम्
धर्म संस्थापनार्थाय सम्भवामी युगे युगे”
यस क्रममा भगवानका १० अवतार मत्स्य,कर्मठ, बराह, नरसिहै, बामन, पर्शराम, राम, कृष्ण, बौद्ध, कलंकी र २४ अवतार यसै गरी विभिन्न देविहरु शारदा, हंसवाहिनी, जगतेमाता, बागेश्वरी,काली, महाकाली,दर्गा,चामुण्डा, भैरवी, त्रिपुश्वरी, जाल्पादेवि, कौमारी, बरदायनी, बुद्धिरात्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कात्यायनी, सिंहबाहिनी, मालिका आदि देविहरु विभिन्न नाम र रुपमा विभिन्न समयमा संसारकै रक्षाका लागि अवतार लिनु भएको छ ।
दानवताबाट मानवता असभ्यता बाट सभ्यताबाट, अन्धकारबाट उज्यालो, अनैतिकताबाट नैतिकता, दुव्र्यहारबाट सद्व्यवहार दुराचारबाट सदाचार,दुष्चरित्रताबाट सच्चरित्रता, खराब वाट असल बन्न प्रेरित गर्ने आध्यात्मिक जगत हो । यहि नै हाम्रो सर्वोच्च धरोहर हिन्दु दर्शन हो ।
भारत र नेपालको उत्तरमा रहेको पर्वत को सेरोफेरो लाई हिमखण्ड, मानसरोवरखण्ड, केदारखण्ड, जालन्धरखण्ड, जुम्बु कश्मिर खण्डमा विभाजन गरिएको छ । मानसरोवरखण्ड अन्तर्गत नेपालको सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्र पर्दछ । पूर्वमा भेरि कर्णाली पश्चिममा महाकाली र नन्दा नदि, कुमाउ गढवाल सिमाना सम्मको अवस्थित भूभागलाई मानसखण्ड भनिएको छ ।
मानस खण्ड भित्र मानस क्षेत्र, छापाक्षेत्र, ज्वालाक्षेत्र, वैजनाथ क्षेत्र, मालिका क्षेत्र, तितौडा, त्रिपुरापर्वत, वागेश्वरी नागपर्वत, बगदेउ गौरीपर्वत क्षेत्र पर्दछन् । पौराणिक कथाका आधारमा पुराण मानसखण्डमा शिव पार्वती कैलास पर्वतबाट बनविहान गर्न जाँदा शिवजीले पार्वतीलाई छलगरी अछाम गौरीपर्वत शिवगुफा बगलदेउमा लुकेपछि पार्वतीले शिवजीलाई खोज्दा खोज्दै नभेटाई चिन्ता गर्न लाग्दा, त्रिपुरेश्वरी र वागेश्वरी देविको दर्शन भई पार्वती लाई शिवजी लुकेको गौरीपर्वत गुफा बगलदेउ बासुधारा बताएकी थिइन र पार्वती गौरीगुफामा गई शिवजी सँग दर्शन भेट भई प्रशन्नताका साथ शिव–पार्वती कैलास तर्फ लाग्नु भयो । सोही बेलादेखि नागपर्वतमा बागेश्वरी, त्रिपुरपर्वतमा त्रिपुरेश्वरी र बगलदेउ शिवगुफा बासुधारामा शिव पार्वतीको पुजा अति प्राचिन समय देखि भैरहेकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र भनिएको हो ।
बागेश्वरी धार्मिक तथा पर्यटकिय क्षेत्र अछाम जिल्ला तुर्माखाँद गाउँ पालिका वडा नं. ५ मोयाकाडाँ र बुदेलेकको बिचमा पर्ने नागपर्वमा श्री बागेश्वरी देवीको मन्दिर प्राचिन धार्मिक महत्व बोकेको यस क्षेत्र भित्र धवलपुरा देवताको मन्दिर र पुराना बागेश्वरीका मन्दिर स्थलहरु नागजस्तै तल माथि घुमेका साना–ठुला, अग्ला होचा अनेक पर्वत श्रृखलाहरु रहेका साथै मनोरम हरियाली दृश्य, बन्यजन्तु र बसन्त मा राष्ट्रिय फुल लाँली गुँरास चौतर्फी फुलेको लालिम्यता हेर्न वर्षभरि सयौको संख्यामा आगमन भैरहने साथै वर्षको दुईपटक लाग्ने धार्मिक मेलामा मन्दिहरुमा दर्शन गर्न आउने भक्तजन धार्मिक तिर्थयात्रीहरु समेतको घुइचो लाग्ने हुँदा सो क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गरिदैछ ।
२४४ वर्ष अगाडी धुर्ढाङटा मौजाका मुखिया श्री भगवती शाहीले पाएको वरदान स्वरुप मालिका जानु नपर्ने र मालिका चतुदर्शीका दिन वागेश्वरी कै पुजाआजा गर्नुपर्ने , दर सन्तान नायक ठाकुर बागेश्वरीको मूलकर्ता भई त्रयोदशीको दिन देखि एकाग्र चित्तले खडरात्री गरी पुजा गर्ने परम्परा रहेको छ । यस धार्मिक धाममा डोटी, कैलाली, सुर्खेत, दैलेख समेतका दर्शनार्थी आउने र अछामको पूर्वीभेक नाडा, तुर्माखाँद, भैरवस्थान, रहफ, ढुंगाचाल्ना, बाच्कोट,ढकारी, बलाता, हिच्मा, तोषि, धमाली, रानीवन, मुली, कमलबजार, घोडासैन, लाची घेगण,बजगाउ सम्मका दर्शनार्थीहरु दर्शन गर्न आउने गर्दछन्, मन्दिरको दर्शनबाट धनसम्पती, पशुवस्तु,सन्तान तथा सुस्वास्थ्यको वरदान मिल्ने विश्वास रहेको छ ।
बैदिक विधिअनुसार पुजा हुने यस धार्मिक क्षेत्रमा पुरोहितहरुद्धारा वेदमन्त्र उच्चारण हुने, जय–जयकार गरिने, प्रसाद तिलक ग्रहण गर्ने परम्परा छ ।
यस धार्मिक पर्यटकिय क्षेत्र भित्र बिभिन्न मन्दिरहरु रहेका छन् । भगवती शाहीले वागेश्वरी मूर्ति माथिल्लो अग्लो डाँडामा प्रतिस्थापन गरी परम्परागत रुपमा पूजा गरी रहेकोमा कसैले दुषित पारेपछि नायक ठाकुर जलहर शाहीका पालामा उनकै काइला भाइ मुखिया श्री गोकुल शाहीले बनाएको बागेश्वरी काष्ठ मन्दिर केही वर्ष पछी जिर्ण भएपछी स्व. परमपुज्य बुवाज्यू पूर्ण बहादुर शाहीले २०१० सालमा निजी स्रोतमा निर्माण गर्नु भएको बागेश्वरी मन्दिर हामी छोराहरुले निजीस्रोत मै मर्मत गरी समिति लाई २०७१।०४। २३ गते शुक्रबारमा हस्तान्तरण गरेका थियौं ।
बागेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले मेरो नेतृत्वमा बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति क्रियाशिल रहेको छ ।
आधुनिक मनोरम तिर्थस्थलको रुपमा परिणत गर्न विशाल बागेश्वरी मन्दिरको निर्माण कार्य २०६९ भाद्र देखि तत्कालिन जि.वि.स.अछामको इस्टिमेटको आधारमा प्रारम्भ गरिएको थियो । तत्कालिन बिभिन्न गा.वि.स., सरकारी निकाय, जि.वि.स., पर्यटन विभाग, पर्यटन मन्त्रालय, पुरातत्व विभागको सहयोगमा बिभिन्न भौतिक संरचनाहरु निर्माण भएका छन् ।
श्रावण मालिका चतुदर्शी पर्वका दिन दर्शनार्थीहरुलाई उचित समयमा दर्शन गर्न पाउने व्यवस्थापन गर्न समिति सफल भएको छ । पर्वका अवसरमा टाँगो ढाल्ने तुरन चुडा चुड गरी लिने प्रथा निरुत्साहित गरी आफूले लिने तुरन पुरोहित द्धारा अभिशेष गराई लैजाने र टाँगामा राखिएको पर्गलो नझिक्ने, टाँगो नढाल्ने व्यवस्था मिलाइएको छ । पुजारीहरु त्रयोदर्शीका साँझ मन्दिरमा पुग्ने भजन कृतन गर्ने चतुदर्शी पर्वका दिन विहान देखि पुजापाठ गर्ने, दर्शनार्थीहरुका लागि दर्शन गर्ने उचित व्यवस्था मिलाउने र शान्ति सुरक्षाको भर पर्दो व्यवस्था मिलाउने गरिएको छ ।
हाल धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भित्र बागेश्वरी, सरस्वती, भारती र गणेशका मुर्तीहरु समेत रहेको २ वटा बागेश्वरी मन्दिर छन् भने १ वटा निर्माणाधिन अवस्थामा छ । यसैगरी गणेशको मन्दिर, धवलपुरा देवताको मन्दिर, हवन कुण्ड, कच्चि महायज्ञ मण्डप, महायज्ञ स्टेज फिल्ड, बागेश्वरी धर्मशाला, भोजनालय, बागेश्वरी रमणीय उद्यान र सयौं ठूला, मझौला र ससाना घण्टहरु रहेका छन् । मन्दिर परिसरमा शौचालय, पानीको ट्याँकी सहितको धारो २ वटा गेट सहित ३५०० मि. क्षेत्रमा तार जाली लगाईएको छ भने १५० मि गोरेटो बाटो निर्माण गरिएको छ ।
धेरै भौतिक संरचनाहरु निर्माण भईसकेको भएता पनि अझै धेरै कार्यहरु गर्न बाँकी छ । जसलाई समिति आगामी कार्ययोजनामा राखेको छ । आगामी कार्ययोजनामा पुरानो बागेश्वरी निर्माणाधीन मन्दिर पुरा गर्र्न र उतm मन्दिरमा जाने १५ सय मिटर सिढि निर्माण, धार्मिक पर्यटकीय क्षेत्र तितौडा, बागेश्वरी, शिवगुफा बगलदेउ जोड्ने सडक निर्माण, महिला, पुरुषका लागि छुट्टा, छुट्टै शौचालय निर्माण, ११ वटा साना मन्दिर र स्तुपहरु निर्माण, खानेपानीको व्यवस्था, पूर्ब, पश्चिम ढोकाबाट मन्दिरमा जाने सिढि निर्माण, धार्मिक बाचनलाय तथा भजनकिर्तन कक्ष निर्माण, भजन किर्तन सामाग्रीको व्यवस्था रहेका छन् ।
यसैगरी थप धर्मशाला निर्माण, महायज्ञशाला र प्रबचन मञ्चको मर्मत, निर्माण गरिएका बिभिन्न मन्दिरहरुमा मार्वल राखी आकर्षक बनाउने, मनोहर उद्यानको व्यवस्था, मन्दिरहरुमा आकर्षक मुर्तीहरु राख्न तथा धार्मिक ग्रन्थहरु राख्ने व्यवस्था, दर्शक तथा भक्तजनहरुका लागि आवास, पानी तथा बत्तिको व्यवस्था र रमणिय धार्मिक, पर्यटकीय क्षेत्रको बिकास गर्ने योजनामा समिति अगाडी बढेको छ । सबैको सहयोग, सहकार्यको अपेक्षा पनि गर्दछौं ।
(शाह बागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र बिकास समिति अछामको अध्यक्ष हुनुहुन्छ – सम्पादक)