क्याम्पस सुधारको लागी ध्यानाकर्षण

असल शासन प्रतिनिधि

महेन्द्र बहुमुखी क्याम्पसको सुधार गर्न नेपाल बिद्यार्थी संघले क्याम्पस प्रशासनको ध्यानाकर्षण गरेको छ । क्याम्पसमा बेथिती बढेको भन्दै नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस समितिले क्याम्पस प्रमुख लालमणि आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल बिद्यार्थी संघका सन्तोष रावलको नेतृत्वमा पुगेको टोलीले बिहीबार क्याम्पस प्रमुख आचार्यलाई भेटेर उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। पत्रमा क्याम्पसको शैक्षिक, भौतिक, र व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने माग गरिएको नेविसंघले जनाएको छ । नेविसंघले क्याम्पसको छात्रबास मर्मत, खानेपानी, सरसफाई, शौचालय सुविधा र सुरक्षा व्यवस्था, पाठ्यपुस्तक, सन्दर्भ सामाग्री, समाचारपत्र र डिजिटल स्रोतहरुको सहज पहुँच सुनिश्चित गर्नुपर्ने सुनिश्चित गर्नुपर्ने, छात्रवृत्ति वितरणमा पारदर्शिता र निष्पक्षता हुनुपर्ने माग गरिएको छ ।

  • १५ श्रावण २०८२, बिहीबार प्रकाशित

  • Nabintech