वडाको समग्र बिकासमा साझा प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज / वडाको समग्र बिकासका सवालमा एकजुट भएर लाग्ने प्रतिबद्धता गरिएको छ ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ को आयोजना र बास नेपालको सहजीकरणमा आज कचनापुरमा सञ्चालन गरिएको सार्बजकि सुनुवाई कार्यक्रमका सहभागी र सरोकारवालाहरुले यस्तो प्रतिबद्धता गरेका हुन् ।

५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरिएको सु्नुवाईमा गरिएका प्रतिबद्धताहरुमा वडा भित्र उच्च शिक्षा अध्ययनको क्रममा रहेका बिद्यार्थीहरुको पहिचान गरी बिपन्न बिद्यार्थीहरुका लागि छात्रबृतिको ब्यवस्था गर्ने, कृषकहरुको समस्यालाई ध्यानमा राखी सिचाई योजनाको पहल गर्ने साथै कृषि बिउको गुणस्तरीयतामा ध्यान दिने, वडाभित्र मानसिक समस्यामा रहेका बालबालिकाहरुको पहिचान गरी ब्यवस्थापन गर्ने, वडाबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारीताका लागि नियमित अनुगमन गर्ने र वडाको समग्र शैक्षिक सुधारको लागि बिशेष योजना तयार गर्ने तथा बिद्यार्थीहरुलाई लक्षित गरी अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने रहेका छन् ।

सुनुवाई कार्यक्रमका सहभागीहरुले वडाभित्रको समग्र शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, सडक निर्माण देखी लागु पदार्थ दुब्र्यसनीलाई नियन्त्रण समेत लाई ध्यानमा राखेर वडाले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

सार्बजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका निर्देशक हेमराज भट्टले प्रकाश पारेका थिए भने बास नेपालका प्रशिक्षक गणेश पौडेलले नागरिक प्रतिबेदन र बर्हिगमन अभिमतको नतिजा प्रस्तुत गरेका थिए । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेको कार्यक्रममा वडा सचिव नारायण बिष्टले आर्थिक बर्ष २०८०÷०८१ कोे प्रगती प्रतिबेदन प्रस्तुतीकरण गरेका थिए । करिब अढाई घण्टा चलेको प्रश्नोत्तर पश्चात बोल्दै वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले गरिएका प्रतिबद्धता कार्यन्वयन गर्ने बताएका थिए ।

सुनुवाईमा वडा अध्यक्ष ज्ञानेन्द्र राज वली, महिला सदस्य राधा कुमारी पुन, सिर्जना सार्की, वडा सदस्य दिर्घ बहादुर बुढाथोकी, पुर्ब मन्त्री प्रेम बहादुर भण्डारी, वडा सचिव नारायण बिष्ट, कार्यपालिका सदस्य केशर परियार र प्रहरी चौकी कचनापुरका प्रमुख डोकलाल धिताल लगायत सरेकारवालाहरुको उपस्थिति रहेको थियो ।

सुनुवाई कार्यक्रममा बिभिन्न बिद्यालयका प्रधानाध्यापहरु, क्याम्पस प्रमुख, टोल बिकास समितिका पदाधिकारीहरु,सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरु, आमा समुहहरु, जनप्रतिनिधिहरु र स्थानियहरुकोे सहभागीता रहेको थियो ।

  • ३१ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech