नेपालगन्ज-कोहलपुर सडक खण्डमा दुर्घटना

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको नेपालगन्ज/कोहलपुर सडक खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दाङबाट नेपालगन्ज आउँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै पार्वतीपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु र कम्तीमा २५ जना घाइते भएका छन् ।

आज बिहान दाङबाट नेपालगन्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज पुग्नै लाग्दा दुर्घटना भएको हो ।

घाइतेहरु मध्ये २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । मृतकको नाम भने खुलिसकेको छैन ।

तिव्र गतिमा रहेका कारण बस अनियन्त्रित भएर पल्टेको स्थानीयले बताएका छन् ।

  • १३ भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech