लालपुरमा दुर्घटना, दुईको निधन

असल शासन प्रतिनिधि

लालपुरमा दुर्घटना, दुईको निधन

बाँके/ बाँकेको राप्तीसोनारीको लालपुरमा मोटरसाइकल दुर्घटना भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बुधबार अपराह्न साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ।

प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेका भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

प्रहरीले दिएको जानकारी अनुसार राप्तीसोनारी-४ घर भएका भे १२ प ३१९५ का  ३५ वर्षीय चालक रामशरण थारुको आज साँझ पौने ६ मृत्यु भएको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका  भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको हो।

त्यसैगरी भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसिनारी- ४ धामपुर बस्ने ३१ वर्षीय अजय दहित घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने  भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी- ३ खैरेनीका  १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३  खैरेनीकै २१ वर्षीय संजय थारु घाइते भएका छन् ।

 

  • २ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech