बालिका शिक्षा कार्यक्रमको संयुक्त अनुगमन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित श्री भानु माबिमा पालिका स्तरीय अनुगमन आयोजना गरिएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा संयुक्त अनुगमनको आयोजना गरिएको हो ।

बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले भानु माबिका बालिकाहरुमा आएको परिवर्तनले निकै खुसी भएको बताए । बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको ज्ञान, सीप र जीवन शैलीमा उल्लेख्य परिवर्तन आएको उनले बताए । अहिलेका बालिकाहरु भोलीको नेतृत्वदायी भूमिकामा रहने भएकाले मधेशी समुदायको बाहुल्यता रहेको उक्त बिद्यालयका बालिकाहरुमा आएको परिवर्तनले अभिभावकहरुमा समेत छोरीलाई पढाउनु पर्छ भन्ने भावनाको बिकास भएको प्रतिक्रिया दिए । उनले बालिका शिक्षा कार्यक्रमलाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा पालिकाले समेत आवश्यक योजना बनाउने प्रतिबद्धता गरे ।

कार्यक्रममा बालिकाहरुसँग छलफल पश्चात खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु परिवर्तन सम्बन्धी बिषयमा बालिकाहरु स्पष्ट रहेको बताए । कार्यक्रममा बोल्दै भानु माबिका शिक्षक बुद्धीराम महतोले चुनौती पूर्ण समुदायका बालिकामा आएको परिवर्तन उदाहरणीय रहेको उनको भनाई थियो । उनले भने मैले यति सम्म परिवर्तन आएको होला भन्ने सोचेको थिएन अनुगमनको क्रममा उनीहरुले दिएको जवाफले उत्साहित भएको छु ।

संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो । संयुक्त अनुगमन कार्यक्रमको सहजीकरण बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले गरेका थिए ।

अनुगमनमा स्वागत बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश रुम टु रिडका सिनियर अफिसर सुष्मा राईले गरेका थिए । संयुक्त अनुगमनमा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, प्रास निर्मल रेग्मी, महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपाने, रुम टु रिडका सिनियर अफिसर सुष्मा राई, सिनियर कार्यक्रम एसोसियट निरोज कोईराला, भानु माबिका प्रअ हरि प्रसाद श्रेष्ठ, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, भानु माबिका शिक्षक बुद्धि राम महतो लगायतको उपस्थिती रहेको थियो । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ बिद्यालयहरुमा सञ्चालन हुँदै आएको छ ।

  • ७ आश्विन २०८१, सोमबार प्रकाशित

  • Nabintech