गम्बोरोले मरे ५ हजार बढी कुखुरा

ईन्द्रा कुुमारी केसी

घोडाघोडी (कैलाली),१९ असोज/
कैलालीको घोडाघोडी नगरपालिका ८ मा गम्बोरो रोगका कारण ५ हजार बढी कुखुरा मरेका छन । किसान पहल देउवाले पालेका ५ हजार बढी लेयर्स कुखुरा मरेका हुन । यस अघि फर्ममा गम्बारो कहिले नदेखिएको बताउँदै देउवाले भन्नु भयो,यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलो पटक हो । देउवाका अनुसार कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बारो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदा दिँदै पनि खोर नै रित्तिने अवस्थामा पुगेको छ । कुखुरा मरेपछि ३० लाख बढीको क्षति भएको देउवाले बताएका छन ।
घोडाघोडी नगरपालिका पशु शाखाका प्राविधिक मनोज आचार्यका अनुसार गम्बोरो रोगका कारण पालिकामा यति धेरै क्षति भएको थिएन ।
उनी भन्छन, ५ हजार ७ सय कुखुराका चल्ला ल्याएकोमा अब छ ,सात सय बचेका छन ती पनि मरिरहेका छन ।


खोर नै रित्तिने गरी कुखुरा मरेपछि देउवा चिन्तित छन ।उनले भने, सरकारले पशु बिमा कार्यक्रम अन्तर्गत कुखुराको पनि बिमा गर्ने सुविधा गरिदिएको भए हामी जस्ता किसानलाई केही राहत मिल्ने थियो । भैसिं,बाख्रा लगायतको बिमा हुन्छ कुखुरा ,माछाको हुँदैन । कुखुराको लागि महिनौँ कुरेको थिए बल्ल चल्ला पाए महिना दिन भित्रै ईन्स्योरेन्स गर्दा क्षति भए इन्स्योरेन्स रकम पाइन्छ भन्ने पनि थियो ।
कुखुराको ईन्स्योरेन्स गर्नका लागि केही समय पहिले कागजात पनि पेस गरेको बताउँदै उहाँले भन्नुभयो,प्राइभेट ईन्स्योरेन्स कम्पनीले त गर्दैनन् नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बिमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात बुझाएको थिए केही समय कुर्नु भनेका थिए तर केही दिनपछि माथिबाट नगर्नु भनेका छन भन्ने खबर आयो । अहिले सबै कुखुराहरू मरे ।
जताबाट पनि किसानहरू नै मारमा पर्ने गरेको उनको भनाई छ । कोरोनाको समयमा पनि करोडौँ बढी क्षति भयो उनले भने, अहिले खोर नै रित्तिने अवस्थामा छ ।
लामो समय देखि कृषि पेसामा लागेका देउवा भन्छन्,आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ ।
सरकारले पनि किसानको हक हितका लागि केही गरिदिएको भए कृर्षि गर्नका लागि प्रोत्साहन मिल्ने थियो । नेपाल कृषि प्रधान देश भनिन्छ उनी भन्छन,तर किसानको हक हित नै सुनिश्चित हुदैनन कसरी कृषि प्रधान देश हुन्छ ।
यस्तै अवस्था रहेका कारण नै युवाहरू विदेश पलायन हुन थालेका बताउँदै उनले भने, कुखुरा पालक कृषकहरूका लागि बिमाको व्यवस्था भइदिएको भए पनि केही राहत मिल्ने थियो ।

  • १९ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech