डेउढाकला र गुनापुरमा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम

एक सय जनालाई किड ब्याग बितरण

असल शासन प्रतिनिधि

नेपालगञ्ज / महिला तथा किसोरीहरुका लागि आज डेउढाकलाको राधाकृष्ण टोलमा महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

बाँसगढी नगरपालिका वडा नम्बर ७ डेउढाकला स्थित राधाकृष्ण टोलका महिला तथा किशोरीहरुलाई एफकेबी युके र बास नेपालले आज सो शिक्षा प्रदान गर्दै पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गरिएकोे हो ।

किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता समबन्धि शिक्षा प्रदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा बजारमा पाईने स्यानीटरी प्याडलाई प्रयोग नगरि पुन प्रयोग गर्न मिल्ने स्यानीटरी प्याडको प्रयोग गर्ने तरिकाका साथै उक्त प्याड प्रयोग गर्दा हुने आर्थिक सहायता तथा स्वास्थ्यमा हुने फाईदाहरुको बारेमा जानकारी दिईएको थियो ।

बाँसगढी नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोलका ५० जना जना किशोरी तथा महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका कार्यक्रम ब्यवस्थापक राष्टि बुढामगर र एजुकेशन अफिसर रमिता शाहले रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुन ः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्रीको बारेमा जानकारी गराएका थिए । साथै किट ब्याग बितराण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन अफिसर रमिता शाहले अभिमुखिकरण गरेका थिए ।

कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, जनसम्पर्क अधिकृत माधव कार्की, बास नेपालका सक्रिय सदस्य बसन्ती रोकाया, बाँसगढी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य साबित्री थारु, डेउढाकला उपस्वास्थ्य चौकीका सि अहेब सागराम चौधरी लगायतको समुपस्थितिमा सहभागी ५० जना महिला तथा किसोरीहरुलाई महिला सेनीटरी प्याड बितरण गरिएको थियो ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले महिनावारी स्वच्छता शिक्षा कार्यक्रमको उद्धेश्यमाथि प्रकास पार्दै महिनावारी भएको समयमा किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुन ः प्रयोग गर्न मिल्ने सेटेटरी प्याड सहितको किट ब्याग वितरण गर्न लागिएको र महिनावारी सम्बन्धि गाँउमा अझै पनि अन्धबिश्वाष रहेकाले त्यो अन्धबिश्वाषलाई हटाउन लाग्नुपर्ने, महिनावारी हुँदा आफ्नो स्वास्थ्यको सरसफाईमा ध्यान दिने, पोषण युक्त खानेकुरा खानुपर्ने कुरा बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले तत्कालीन बास डेउढाकला उपशाखाले पहिलेदेखी नै धेरै राम्रो काम गर्दै आएको र अहिलेको कार्य समितिले पनि सोही अनुरुप काम गर्दै जान अनुरोध गर्दै डेउढाकला ईकाईको लागि तत्काल केन्द्रबाट नेतृत्व बिकास तालिम आयोजन गर्ने बताए ।

त्यस्तै डेउढाकला हेल्थपोष्टका सि अहेव सागराम चौधरीले उक्त कार्यक्रममा बोल्दै स्वास्थ्यको दृष्टिकेणले बजारमा पाईने सेनीटरी प्याड भन्दा यो निकै लाभदायक भएको भएको र हामी स्वास्थ्यकर्मी र स्थानिय सरकारले समेत चासो नदिएको बिषय बस्तुमा बास नेपालले शूरुवात गरेकोमा बास नेपाल लाई धन्यवाद दिएका थिए ।

फ्रिडम किट ब्याग प्रप्त गरे पछि किशोरीहरुले खुसी हुदै किट ब्याग महिनावारी भएको समयमा उपयोगी हुने र महिनावारीको समयमा झेल्नु परेको समस्या समाधान हुने विश्वास ब्यक्त गरेका थिए ।

बास नेपाल डेउढाकला ईकाई समिति अध्यक्ष बिष्णुदेबी रानाको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

त्यस्तै आजै बाँकेको बैझनाथ गाउँपालिका वडा नम्बर २ गुनापुरका ५० महिला तथा किसोरीहरुलाई महिनावारी स्वच्छता शिक्षा कार्यक्रमका साथै पुन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बितरण गरिएकोे थियो ।

गुनापुर टोलका ५० जना जना किशोरी तथा महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रममा एफकेबी युकेका कार्यक्रम ब्यवस्थापक राष्टि बुढामगर र एजुकेशन अफिसर रमिता शाहले रियुजऐवल सेनीटरी प्याड तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्रीको बारेमा जानकारी गराएका थिए । साथै किट ब्याग बितरण गर्नु भन्दा अगाडी फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन अफिसर रमिता शाहले अभिमुखिकरण गरेका थिए ।

स्थानिय बिर्मा रानाको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा वडा सदस्य भवने दमाइर्, बास नेपालका केन्दीय उपाध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्दैशक नमस्कार शाह, जन सम्पर्क अधिकृत माधव कार्कीले सहभागीहरुलाई किट ब्याग बितरण गरेका थिए ।

  • २० आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech