बास नेपालको खजुरा उपशाखामा सुजाता खरेल

असल शासन प्रतिनिधि

नेपालगञ्ज  ⁄  बास नेपालले बाँकेको खजुरा गाउँपालिकामा उपशाखा पुनर्गठन गरेको छ ।

भ्रष्टाचार बिरुद्ध जनमत सृजना गर्दै ७७ वटै जिल्लामा शाखा गठन गरिसकेको बास नेपालले हाल सम्म ४९ वटा पालिकामा उपशाखा गठन गरिसकेको छ भने निष्क्रिय शाखा उपशाखाहरुलाई पुर्नता दिन शाखा उपशाखा पुनर्गठन गर्दै आएको छ ।

सोही क्रममा बास नेपालले खजुरा गाउँपालिकाका सबै वडालाई समेटेर उपस्थित बाट सुजाता खरेरलाई उपशाखाको अध्यक्षमा चयन गरेको छ ।
११ सदस्यीय उपशाखाको उपाध्यक्ष, सचिव, सहससचिव र कोषाध्यक्षमा क्रमश सिता शर्मा, दल कृष्ण सुनार, आर्यम खरेल र बिपिन अधिकारी रहेका छन् ।

त्यसैगरी उपशाखाको सदस्यहरुमा क्रमश प्रिन्सु पोखरेल, रोशनी कार्की, सम्झना यादव, सुष्मिता क्षेत्री, मनिषा चन्द ठकुरी र गौरी न्यौपाने रहेका छन् ।
बास नेपाल बाँके शाखा अध्यक्ष शोभा थापा मगर, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, बास बाँके शाखा सदस्य बसन्ती रोकाया र बास नेपाल बाँके शाखा सदस्य अशोक रावलकोे उपस्थितिमा उपशाखा पुनर्गठन गरिएको थियो ।

अध्यक्षमा चयन भए पश्चात सुजाता खरेलले आफुले पहिले देखी नै सामाजिक कार्य गर्दै आएकोमा अबका दिन बाट सुशासनको अभियानलाई पनि अगाडी बढाउन दिएको यस जिम्मेवारीलाई पुर्ण रुपमा बहन गर्ने बताईन् ।

त्यसैगरी उपशाखामा चयन भएका पदाधिकारीहरुलाई बधाई दिदै बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले संस्थाको बारेमा जानकारी दिदै उपशाखामा चयन भयन भएका पदाधिकारीहरु अब देखी सुशासनको अभियानमा सक्रियताका साथ लाग्न सुझाव दिएका थिए ।

  • ११ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech