सकारात्मक सोच तथा सुचनाको हक बिषयक तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बाँके जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु र सुचना अधिकारीहरुका लागि सकारात्मक सोच तथा सुचनाको हक बिषयक तालिम सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वय तथा बास नेपालको आयोजनामा आज नेपाल सरकारका पुर्ब सचिव तथा राष्टिय सुचना आयोगका पुर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बासकोटाले उक्त तालिम दिएका थिए ।

नेपालगञ्जको होटेल ईन्दै्रणीमा आयोजित तालिममा बाँके जिल्लामा रहेका सम्पुर्ण कार्यलयहरु बाट कार्यलय प्रमुखहरु, सुचना अधिकारीहरु र सबै स्थानिय पालिकाहरुबाट गरी उल्लेखीय रुपमा सहभागीता रहेको तालिममा प्रशिक्षक तथा पुर्ब सचिव बासकोटाले बिभिन्न उदाहरण सहित हरेक राष्ट्रसेवक कर्मचारीहरुमा सकारात्मक सोचको आबश्यक्ता रहेको बताउँदै हामी नागरिकको सेवामा समर्पित राष्ट्र सेवक कर्मचारी भएकाले नागरिकहरुको हरेक समस्यामा असल कर्मचारीको रुपमा काम गर्नुपर्ने बताए ।

असल कर्मचारीहरुमा हुनुपर्ने गुणहरुका बारेमा र सुचनाको हकका बारेमा झण्डै ३ घण्टा सम्मा चलेको तालिमको समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट आफ्नो भनाई राख्दै जिल्ला हुलाक कार्यालयकाका प्रमुख गोबिन्द प्रसाद पाण्डेले तालिमबाट सकारात्मक सोच र सुचनाको हकका बारेमा धेरै कुरा बुझ्न पाएको बताए । त्यस्तै तालिमकी अर्की सहभागी कारागार कार्यालय नौबस्ता काँकेकी सुचना अधिकारी गंगा कुमारी महत्तोले आफ्नो लागि यो तालिम निकै महत्तवपुर्ण भएको बताईन् ।

कार्यालय प्रमुख, सुचना अधिकारीहरु गरी ७५ जनाको सहभागीतामा सञ्चालन गरिएको तालिमको शुरुवातीमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहभागीहरुमा परिचयात्मक कार्यक्रमबाट शुरुवात गरेका थिए भने तालिमको समापन कार्यक्रम बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको तालिममा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौलाले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए ।

  • २५ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech