“खुशीको गोरेटो”

महेन्द्र सैवुले

तिम्रा लागि खुशीको बाटो अरुले वनाई दिदैनन् खुशी तिम्रो मनमा वस्दछ, र तिमीसंग छ, तिम्रो मनको व्यवस्थापन आफैले गर्ने हो, जसलाई खुशीको बाटो भनिन्छ र त्यो बाटो आफै हिड्ने हो ।

संसार एक्काईशौ शताव्दीको मध्यतिर लम्कदैछ । मानिसहरु आधुनिकतावाट उत्तरआधुनिक युगमा प्रवेश गरिसके र एआईवाट हरेक विषयमा समाधान खोज्न र रोज्न थालिसके । विश्वभरीका मानिसहरु हरेक विषयवाट सुख, शान्ति, समृद्धि र खुशी पाउन लागि हरेक क्षण दौडिरहेका पाईन्छन् । कसैलाई एक पल पनि फुसद छैन, कसैको लागि दिन । धेरैसंग आधुनिक घर बंगला छ, पर्याप्त मात्र होईन असख्य सम्पत्ति धन दौलत साथमा छ । सवैसंग परिवार छन् पढेलेखेका समाजलाई डोर्याउने नेतृत्व दिन सक्ने सवै योग्यता र क्षमता उनीहरुसंग छ । तापनि तिनीहरु खुशी र सुखी किन छैनन् पहिला त जन्मदा हामीसंग केहि थिएन नाडगै आएका थिया,ै केहि थिएन र पनि खुशी थिया,ै अहिले सवैथोक भएर पनि किन खुशी छैनौ रु हाम्रा खुशीहरु कहां गए, कसले लग्यो रु खुशी र सुख कहां पाईन्छ रु यसको सहि उत्तर कहां कसरी पाउन सकिन्छ रु यीनै विषयहरुलाई उजागर गर्न, सुख पाउन र सदैव खुशी रहने सुत्र सहित आफ्ना अनुभव र अनुभूति संगालेर सार्वजनिक प्रशाासनका अग्रणी विद्धान् तथा मेरा आदरणीय मित्र श्री कृष्णहरि बांस्कोटाद्धारा लिखित गैरआख्यान पुस्तक, “खुशीको गोरेटो” सांग्रिला प्रकाशनले भर्खरै प्रकाशन ल्याएको छ । ६६ वर्षिय उमेरमा पनि सदैव औधी खुशी भई रहने मित्र बांस्कोटाजीमा पिताका वारेमा अगाध श्रद्धा भएको कुरा पुस्तकका अग्रभागवाट प्रष्ट देखिएको छ ।

“खुशीको गोरेटो” पुस्तक अध्ययन गर्न पाउदा म जति खुशी भए त्यो भन्दा बढि यस पुस्तकको समीक्षा गर्न पाएकोमा आफुलाई शौभाग्यशाली संझदै ममा अपार खुशी प्राप्त भएको अनूभूति गर्दै समीक्षा गर्दैछु ।
करीव दुई दर्जन किताव लेखिसक्नु भएका श्रद्धेय मित्र बांस्कोटाद्धारा लिखित “खुशीको गोरेटो” मा आफ्ना अनुभव, अनुभूति र प्राप्त ज्ञानका आधारमा विश्लेषण गरी २४ वटा विभिन्न (जीवनको घुम्ती विनयशीलताको लाभ, मन, सोच, घरखर्च, भविष्य, जीउने कला, सफलता असफलता, हाम्रा कमीकमजोरी, सन्तुष्टिको मागर्, अनुकरणीय व्यक्तित्व, व्यर्थको बहस, सोचमा विभेद, रुप र गुण, समय, त्यागको लगानी, अल्पविद्या, विश्वासको पखेटा, खुशी र चरित्र, बुद्धिमान, संगत, समयले सिकाउछ, स्वावलम्वन र आत्मविश्वासको सपना) विषयवस्तुलाई खुशीको खुड्किला रुपमा खुशी प्राप्त गर्ने उपायका रुपमा हामी माझ पस्किनु भएको छ जसको सदुपयोेग गर्न सकेमा हामी आफै खुशी हुन कसैले रोक्दैन, सदैव खुशी हुन सकिन्छ । खुशी र सुखी हुन कसरी सकिन्छ भन्ने उपायहरु वेजोड रुपमा सविस्तार प्रस्तुत गर्नुभएको छ ।

प्रस्तुत पुस्तक सार्वजनिक सेवाको जीवन्त अनुभव सहितको गैरआख्यान पुस्तक हो । लेखकसंग भएको असंख्य ज्ञानको भण्डारणले पुस्तकमा अभिव्यक्त विषय ओजपूर्ण भएकोछ । पुस्तकलाई सजिलो वोलीचालीको भाषाशैली, शव्द चयन र बाक्यांशको निर्माण गरी अनगिन्ती किस्सा एवं उखानटुक्काले सुत्रबद्ध गर्दै पुस्तकलाई भरिपूर्ण र मिठास वनाइदिदा विषयवस्तुलाई रसस्वादन गरी गरी पढ्न सजिलो भएको छ । ससाना कथालाई पनि प्रसंगमा जोडेर प्रस्तुत गर्न सफल हुनु भएको छ ।

पुस्तकले सार्वजनिक सेवाकोे कार्य जीवनमा गर्नुपर्ने, गर्दा के हुने के गर्न नहुने विषय “आफ्नो जीवन आफ्नो हातमा छ” भनी सकारात्मक जीवन पद्धति अवलम्वन गर्न सिकाउन खोजेको छ । निजामती सेवाको राष्ट्रसेवकका हैसियतमा कार्यसम्पादन गर्दा परेका अपठ्याराहरु, कठिनाई र चूनौतिका पर्खाललाई स्मरण गर्दा सेवाग्राहीका गुनासाहरुको सम्वोधन गर्न नसकिने अवस्थाले मनमा ल्याएको निराशा एवं कुण्ठामा दुस्खित भएको अवस्था र आफ्ना हाकिमहरुका आशा, ईच्छा, आकाक्षालाई पुरा गर्न नसक्दा हाकिम रिसाएको क्षण, उनीहरुको रिशका कारण आफुमा पर्न गएको चोटले पुर्याएको दुस्खका सम्वन्धमा अनगिन्ती भोगाईहरु भोगेका बांस्कोटाले तिनै अनुभूति र अनुभवलाई संगाली कसरी जीवन जीउने शैलीमा सकारात्मक सोचले ल्याउने सुख र खुशीका प्रसंग प्रस्तुत गर्नु भएको छ । अवकाश पछिको जीवन यात्रालाई खुशी र सुखी वनाउदै जीवनलाई आनन्दित वनाउन हरेकले गर्नुपर्ने प्रयास र सजग हुनुपर्ने विषयमा लेखक केन्द्रित हुनु भएको छ । खुशी हुने वानी परेपछि दुस्खी हुन विर्सिईन्छ । आफैप्रति गुनासो र शंका गरेर र केहि गर्न नसकेको दोष अरुलाई थुपारेर आफु असल, राम्रो दूधले नुहाएको जस्तो गरी वस्दा खुशी र सुख हुन सकिदैन भन्ने सन्देश दिनु भएकोछ ।

लेखकले पेश गर्नु भएको २४ सै विषयमा केहि लेख्न चाहदा चाहदै पनि सवैमा कलम चलाउन सक्ने अवस्था नभएकाले छनौट गरी केहि उल्लेखयोग्य विषयवस्तुलाई प्राथमिकतामा राखी प्रस्तुत गरेकोछु । लेखकको प्रस्तुतीलाई मध्यनजर गर्दा खुशी र सुखका वारेमा सरल, सरस तरिकाले तथा मिठासपूर्ण भाषामा सवैले बुझ्ने शैलीको उपयोग भएको छ । नकारात्मक सोच एवं प्रवृत्तिमा रम्न रमाउन मन पराउने र अग्रसर हुने समाजका लागि सकारात्मक सोचको उपयोगवाट पनि खुशी हुन सकिने वाटो देखाउनु भएको छ । संसारका सुखी मानिस ती हुन् जसले अरुलाई दिएका छन् । संसारमा ती मानिसहरु दुस्खमा छन् जसले पयाप्त धन सम्पत्ति कमाएका छन् खुशी र सुख मिल्ने आशा गरी आफ्नो स्वार्थमा काम गरे सम्पत्ति आर्जन गर्दा धेरै अहित गरे ।
खुशीले नै खुशी जन्माउदछ, दुस्खले दुस्ख नै बढाउदछ भन्ने सत्य तथ्यलाई सरल तरिकावाट आफ््ना अनुभव र अनुभूतिलाई उदाहरण दिदै प्रस्तुत गर्नु भएको छ । प्रस्तुत पुस्तक सकारात्मक सोचको दृष्टिकोणवाट उपलव्ध भएको छ । वहांका अनुसार दैनिक जीवन याात्रामा आईपर्ने व्यवहार र घटनाहरुमा आफुलाई सकारात्मक सोच राखी कार्य व्यवहार गर्न सकेमा हाम्रा जीवन खुशी र सुखी वन्न सकिन्छ भन्ने पाठ दिन सकेको छ । मेरो विचारमा जीवनलाई खुशी र सुखी वनाई राख्न सकारात्मक सोचका साथै, सोहि बमोजिमको सकारात्मक कार्यव्यवहार र सकारात्मक जीवन प्रणाली व्यथित गर्नु पर्दछ । त्यसमध्येमा, भारतीय प्रख्यात व्यापारी रतन टाटाको जीवनमा एक पटक घटित घटनाका प्रसंग उल्लेखनीय देखिन्छ । वहांले जीवनभर व्यापार व्यवसायवाट धेरै धनसम्पत्ती कमाएको र खुशी, आनन्दी भएको भएतापनि ती समयमा प्राप्त भएको खुशी भन्दा सयौ गुणा खुशी अर्काको भलो चिताई जब यिनले २२५ जना अपांग केटाकेटीहरुलाई व्ह्ीलचेयर किनेर वितरण गर्दाको क्षणमा ती वच्चाहरु अनुहारमा देखिएको खुशीले आफै पनि विछट्टै खुशीले आनन्दित भएको कुरा वहांको जीवनीमा उल्लेख भएको प्रसंग लेखकले यहां प्रस्तुत गर्नु भएको छ ।

यसैगरी, सार्वजनिक प्रशासनमा कार्य गर्नेले वुद्धि, विवेक र क्षमताको परीक्षामा निर्भिक, ईमान्दार, निष्ठावान्, आत्मविश्वासी र आज्ञाकारिता प्रर्दशन गर्न पछि पर्न हुदैन भन्दै राजकुमारको घोषणा गर्न कठिनाई भएकोमा राजाले दयालु र स्वार्थी स्वाभावका युवराजहरुलाई एक एक परेवा दिई कसैले नदेख्ने गरी एक घण्टा भित्र वध गरी ल्याउन आदेश दिएकोमा दयालु स्वाभावका युवराजले परेवाको वध नगरी परेवा नै फिर्ता ल्याएकोमा उनको तर्क थियो ‘हामीले गर्ने कुनै पनि काम भगवानले नदेख्ने र स्वयंम् आफैले पनि नदेख्ने संसारमा कहि यस्तो स्थान नभएको, आफ्नो स्वार्थपूर्तिका लागि अवोध परेवाको वध गर्न ज्यान लिन हुदैन भन िवध नगरी ल्याएको, तर्क दिएको उल्लेख छ । यसले हामी सवैलाई कुनै पनि काम गर्दा क्षमताले होईन वुद्धि र विवेक पनि उपयोग गर्नुपर्दछ भन्ने पाठ सिकाएको छ ।

लेखकले प्रस्तुती गरेका विषयहरु मध्ये मेरा लागि त “खुशी र चरित्र” शीर्षक भित्र समेटिएका प्रसंगहरु निकै महत्वपूर्ण रह्यो । यसका साथै वहांले जीवनका ५ सत्यहरुको उल्लेख गर्दै सत्पात्रको चरित्र निर्माण गरी कार्यव्यवहारमा उपयोग गर्नुपर्दछ भन्नुभएको छ । पहिलोमा हामी सवैलाई खुशी वनाउन सक्दैनौ, तर आफु सदैव मुस्कुराउने तथा खुशी रहन सक्नु पर्दछ र रहने कोशिस गर्नु पर्दछ । दोश्रोमा पुरानै मानसिकता र अवस्थामा रहिरहनु हुदैन, घटना घट्दछ, हरेक घटनाले परिवर्तन ल्यांउदछ, त्यसलाई आत्मसात् गर्न सक्नुपर्दछ । तेश्रोमा, अर्काको ओठमा सधै हासो ल्याउन प्रयास गर्नुपर्दछ, भांचिएको मनलाई जोड्न कोशिस गर्नुपर्दछ, निराशालाई आशामा रुपान्तरित गर्न खोज्नुपर्दछ । चौथोमा आफुलाई कहिल्यै कमजोर ठान्नु हुदैन । पाचौमा, अरुको विषयमा अनावश्यक कुरामा चिन्ता र चासो राख्नु हुदैन । हेर्दा थोरै सजिलो देखिन्छ तर जीवन यात्राका लागि साह्रै महत्वपूर्ण जीवन जीउने कलाको सूत्रका रुपमा मैले ग्रहण गरेको छु र अरुलाई पनि स्मरण गर्न र ठिक समयमा उपयोग गर्न राय पेश गर्दछु । जीवन एक पाठशाला हो, अध्ययन गर्ने सिकिरहने र सिके बमोजिम उपयोग गर्दै जाने हो । तिम्रा राम्रा दिनले तिमीलाई खुशी दिन्छ, तिनलाई यादगार तुल्याई राख्नुपर्छ । यसले जीवनका हरेक क्षणमा काममा उत्साह, उमंग र जोश जांगर भरिराख्दछ र सधै खुशी भईरहन सहयोग समेत गर्दछ । खराव दिनलाई पनि वेला वेलामा सहि ढंगवाट याद गरी संझनु पर्दछ, तर केवल भोगाई, सिकाई र अनुभव भविष्यमा दोहरिन नदिन र जीवन बदल्नका लागि पाठका रुपमा लिने संकल्पका लागि मात्र भन्ने सन्देश दिनु खोज्नु भएको छ ।

पुस्तकमा लेखकले गीताको सार झै कर्म गर फलको आश नगर भने झै अर्काको भलाई हितमा काम गरे अवष्य नै आफ्नो पनि संगसंगै हित हुने प्रसंग उल्लेख गर्न एक युवकले आफ्नो विवाहका वारेमा जान्न लिएका सल्लाह बमोजिम त्रिकालदर्शि वावा कहां जान खोजेको अवस्थामा यात्रा क्रममा प्रत्येक वासमा भेटिएका व्यक्तिहरुले (वृद्ध आमा, योगी र किसान) ले राखेका जिज्ञासाहरु र युवकको प्रतिवद्धता त्रिकालदर्शिसंगको साक्षात्कारवाट प्राप्त सल्लाह बमोजिम युवकले गरेको कार्यव्यवहारवाट अन्तिममा वृद्ध आमाको छोरीसंग विवाह हुन पुगेको प्रसंगले युवकको पनि हित भएको उल्लेखित विषय ज्यादै अनुकरणीय देखिन्छ ।
विश्वविख्यात व्यक्तित्वहरुका कार्यहरुलाई जस्तै चाणक्यले सार्वजनिक कार्य गर्दा सरकारी साधनले खरीद गरेको बत्ति उपयोग गरेको र व्यक्तिगत कार्य गर्दा आफ्नो सम्पत्तिले किनेको वत्ति वालेको प्रसंग, राजाले दिएको आदेश बमोजिम बाघलाई साथी वनाउन सफल भएको अकवर र वीरवलको कथा, श्रीकृष्ण, बलराम र सात्यागी वीचको जंगल यात्रामा भूतसंग श्रीकृष्णले चलाखीपूर्ण तरिकाले भूतलाई झिंगा वनाई सजिलैसंग रातकाटेको प्रसंग, जसमा “जसको जिव्रो सुध्दिा, जीवन सुध्रिन्छ” भन्ने पाठ सिक्न मौका दिनु भएको छ । यसैगरी, असल र उच्च कोटीको गुणले मानिसलाई जीवन पर्यान्त खुशी रहन सहयोग गर्दछ भन्ने ज्ञानले शरीर कुरुपका तर उच्च ज्ञान गुण भएका अष्टाबक्रको कथा प्रसंग पनि अति उत्कृष्ट रहेको छ । यस्तै, महात्मा गान्धीका “दुई वटा कान छन् दुई पटक सुन, दूई आखां छन् दुई पटक हेर, एक मुख छ एक पटक थोरै वोल” भन्ने जस्ता विषयवस्तु र व्यापार व्यवसायवाट टाट पल्टेका युवक जो निराश भई पार्कमा टहलिएर रहेका वेलामा एक जोन नाम गरेका (मानसिक रोगी) व्यक्तिले भेटसंगको भलाकुसारीमा १० लाखको चेक दिएको र एक वर्ष पछि यहि पार्कमा भेट गर्ने र फिर्ता गर्नुपर्ने वाचा गराएको कथा प्रसंगले कार्य गर्ने उत्प्रेरणा जगाउने विषय शिक्षाप्रद लाग्यो ।

पुस्तकमा संगतिपूर्ण तरिकाले प्रशस्त उखान टुक्काहरु समावेश भएको छ, तापनि उखान टुक्काहरु अलिक बढि भयो कि । त्यस्तै केहि विषयहरु दोहरिएर आएका छन् लेखकले अर्को संस्करणमा तिनमा केहि परिमार्जन गर्न समय खर्चिनु पर्ने पनि देखिन्छ । समग्रमा, प्रस्तुत पुस्तकले राष्ट्रसेवक मात्र होईन सवैलाई आआफ्नो कार्य जीवन र हरेक व्यक्तिको जीवन जीउन थोरै भए पनि सहयोगसिद्ध हुनेछ भन्ने लाग्दछ । अस्तु ।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech