मानदेवा परोपकारी अक्षय कोषबाट नावालक सिर्जना बिक लाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज /  मानदेवा परोपकारी अक्षय कोषबाट एक जना नाबालकलाई उपचारमा सहयोग गरिएको छ ।

बास नेपालकी केन्द्रीय उपाध्यक्ष दिला शाहले आफ्ना माता, पिताको सम्मानमा स्थापना गरेको उक्त अक्षय कोषबाट दाङ जिल्लाको बंगलाचुली स्थायी घर भएका शरिरमा आगो लागेर नेपालगन्जको भेरी अस्पतालमा उपचाररत नावालक सिर्जना बिकको उपचारार्थ अस्पतालमै पुगेर उनको आमा बुवालाई नगद रु १० हजार सहयोग गरिएको हो ।

घर नजिकै आगोमा परेर ५ महिनाको नाबालक सिर्जनाको बाँया हात जलेको अबस्थामा रहेको छ ।

बास नेपाल मार्फत सञ्चालीत अक्षयकोष रकम सञ्चालक तथा बासका केन्द्रीय उपाध्यक्ष दिला शाह र बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, निबर्तमान अध्यक्ष लुना बुढाथोकी,पुर्ब अध्यक्ष द्धय रमेश सिटौला र मन भण्डारी, निर्देशक हेमराज भट्टले अस्पतालमा नै पुगेर हस्तान्तरण गरेका थिए ।

बास नेपालकी केन्द्रीय उपाध्यक्ष दिला शाहको जन्मदिन साउन ३ गते भएको र सोही अवसरमा उक्त अक्षयकोषबाट बिभिन्न बालबालिका, हिंसामा परेका महिला, अशक्त व्यक्ति, बालगृह लगायतलाई सहयोग गरिदै आएको छ ।

 

  • ५ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech