नेपालगन्ज । एन.आई.सी एसिया बैंकले घातक रोग बीमा अन्तर्गत पिड़ितलाई बिमादाबी रकमबापत दस लाख उपलब्ध गराएको छ ।
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नाराका साथ काम गर्दै आएको बैंकले क्यान्सर जस्तों घातक रोगबाट लड़ीरहेका खजुरा ४ की पम्फा तिवारी लाई र १० लाख रुपैयाको चेक आईतबार प्रदान गरेको हो ।

बैंकको खजुरा शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेका पीड़ित तिवारीको खातामा घातक रोग बीमा वापतको रकम लुम्बिनी प्रदेश क्षेत्र नम्बर ५ का प्रमुख मनोहर ठगुराठीले हस्तान्तरण गरेका थिए । पीड़ित तिवारीको खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको बैंकका नेपालगन्ज शाखा प्रमुख मिन राज ज्ञवालीले जानकारी दिएका छन् ।











