घोडाघोडी (कैलाली),८ असार/
नेपाल ऐडभेन्चर रनिङ महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा तपेन्द्र रावल चयन हुनु भएको छ । नेपाल ऐडभेन्चर रनिङ महासङ्घका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवरको अध्यक्षतामा कैलालीको धनगढीमा बसेको भेलाले तपेन्द्र रावलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा तखत कुँवर र शैलेन्द्र जङ्ग कुँवर, सचिव ईन्द्रा केसी, लोक विक्रम सामन्त चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा जनक कडायत, तेजु रोकाया, मनोज रेग्मी, दिल बहादुर रोकाया, राजेन्द्र रावल चयन भएका छन् ।
चयन भएका सम्पूर्णलाई बधाई दिँदै केन्द्रीय अध्यक्ष कुँवरले नेपाल ऐडभेन्चर रनिङ महासङ्घको मुख्य उद्देश्य नेपालको प्राकृतिक र पहाडी भूगोललाई उपयोग गर्दै ट्रेल रनिङ, अल्ट्रा रनिङ र स्काई रनिङ जस्ता साहसिक दौड खेललाई व्यवस्थित, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउँदै खेलाडी उत्पादन, तालिम, प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्नु रहेको बताउनु भयो ।
उहाँले आउँदो आर्थिक वर्षमा सुदूरपश्चिमको खप्तड रामारोसन अन्तर्राष्ट्रिय अल्ट्रा रनिङ प्रतियोगिताको समेत आयोजना गरिने बताउनुभयो ।