श्रावण २५
नेपालगञ्ज / बास नेपाल बाँके शाखाले श्री आधारभुत बिद्यालय बनकट्टीमा बृक्षारोपन गरेको छ ।

सुशासनको क्षेत्रमा बिभिन्न अभियानहरु गर्दै आएको बास नेपाल बाँके शाखाले हरित अभियानलाई पनि अगाडी बढाईरहेको छ । सोही अनुरुप आज डुडवा गाउँपालिका वडा नं ३ छोटी हलबल डोली श्री आधारभूत विद्यालय मा बृक्षारोपन कार्यक्रम गरेको हो ।
बिभिन्न जातका बिरुवाहरु गरेर ५२ वटा बिरुवाहरु बास नेपाल बाँके शाखा अध्यक्ष रामु चिडिमार, बाँके शाखा सदस्य शोभा भण्डारी, डुडुवा उपशाखा अध्यक्ष सामसुद्धिन खान सहितका पदाधिकारीहरु र बिद्यालयका शिक्षकहरु सहितको टिमले उक्त बिद्यालयमा बृक्षारोपन गरेको थिए ।

त्यसैगरी श्रावण १६ गते राप्ती सोनारी उपशाखाको समन्वयमा राप्ती सोनारी गाउँ पालिका वडा नम्बर ९ ढकेरिमा रहेको जनता मा बि मा बृक्षारोपन गरेको थियो । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, बाँके शाखाका निर्बतमान अध्यक्ष शोभा थापा, राप्तीसोनारी उपशाखा अध्यक्ष तारा वली लगायत बिद्यालयका शिक्षहरु सहितले बिभिन्न जातका बिरुवा हरु गरेर ५१ वटा बिरुवाहरु लगाएका थिए ।

त्यसैगरी श्रावण ८ गते जानकी गाँउपालिकाको जोगागाँउ माध्यमिक बिद्यालयमा बृक्षारोपन गरिएको थियो भने उक्त बिद्यालयमा ५० वटा बिरुवा लगाएको थियो ।

त्यसैगरी श्रावण ७ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित बेलासपुर देखि ईन्द्रपुर जाने बाटोको वरीपरी बेहरिया समाजको समन्वयमा बाँके शाखाले ८० वटा बिरुवा लगाएको थियो ।









