नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुरले वालवालिकाहरुको चौतर्फि विकासका लागि क्षमता अभिबृद्धी र उत्प्रेरणा आवश्यक रहेको बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगन्जको आायेजनामा असार १४ गते सम्पन्न बालवालिकाहरुलाई अभिमुखिकरण तथा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै यस्तो बताए हुन् ।
असल युवा तयार गर्न वालवालिकामा लगानी गर्नुपर्ने कुरामा जोड दिदै अभिमुखिकरणले वालवालिकालाई आधारभुत जानकारी हुनुका साथै शैक्षिक सहयोगले अध्यापनमा टुवा पुग्ने विश्वास ब्यक्त गरे । उनले सहभागि वालवालिकाहरुलाई सिकेको कुरा ब्यवहारमा लागु गर्न अनुरोध गरे । वडाका २२ जना बालवालिकाहरुको सहभागिता रहेको कार्यक्रममा बाल संरक्षण, वाल अधिकार, वाल क्लब परिचालन लगायतका बिषयमा नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, उपाध्यक्ष शोभा थापा मगर र सचिब कमल शाहीले प्रशिक्षण गरेका थिए ।
अभिमुखिकरण पश्चात प्रतिक्रिया राख्दै तालिमका सहभागि वालवालिकाहरुले वाल अधिकार र वाल क्लब परिचालनका बिषयमा सामान्य जानकारी भएपनि अभिमुखिकरण बाट धेरै कुरामा सिकाई भएको बताए । उनीहरुले सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरे ।
अभिमुखिकरण पश्चात सहभागि वालवालिकाहरुलाई अध्यापनमा सहयोग होस भन्ने उद्धेश्यले झोला वितरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष सुरेश सिंह ठाकुर, वडा सदस्य, कर्मचारी सहित २८ जनाको सहभागिता रहेको थियो ।