नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिइदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) हुने भ्रष्टाचार बिरुद्ध छैठौं नेपालगन्ज वाकाथन (Nepalgunj Walkathon) को तयारीलाई तिब्रत दिइएको छ ।
भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने तथा नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्धेश्यले आयोजना गरिदै आएको उक्त कार्यक्रममा सबैको सहभागिताका साथ भब्यता दिन आयोजक संस्था बास नेपाल तथा व्यवस्थापन गर्ने संस्था अन्तरालले तयारीलाई ब्यापकता दिएको हो । विभिन्न संघसंस्था तथा निकायहरुको सहकार्यमा हुने उक्त कार्यक्रमको तयारीका लागि आज बसेको बैठकले मूल समिति र समितिहरु गठन गरेकोछ ।


भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (lets walk together for Anti–corruption) भन्ने नाराका साथ आयोजना हुने वाकाथनको मूल समिति संयोजकको जिम्मेवारी बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष रमेश सिटौलालाई तोकिएको छ । यसैगरी कार्यक्रमलाई ब्यवस्थित गर्न विभिन्न समिति संयोजकहरुको जिम्मेवारी तोकिएको छ । आर्थिक समिति संयोजकमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, प्रचार प्रसार समिति निर्देशक हेमराज भट्ट, पदयात्रा ब्यवस्थापन माधब कुमार कार्की, झाकी ब्यवस्थापन रबिन्द्र बोहरा, संघसंस्था समन्वयको जिम्मेवारी मन बहादुर भण्डारीलाई दिइएको छ भने सचिवालय संयोजकको जिम्मेवारी मिना घर्ती मगरलाई तोकिएको छ ।
यसैगरी मञ्च तथा स्थल ब्यवस्थापन संयोजक शोभा थापा मगर, सुरक्षा ब्यवस्थापन कमल बहादुर शाही, स्वयम् सेवक परिचालन सुमिता कुमाल, ट्राई साईकल टेकराज जैसी, स्वास्थ्य तथा प्राथमिक उपचार स्टल ब्यवस्थापन बसन्ती रोकाया र शैक्षीक क्षेत्र समन्वयको जिम्मेवारी शोभा भण्डारीलाई दिइएको छ । जिम्मेवारी विभाजन गरेसँगै समिति संयोजकहरुले आआफ्नो समिति पूर्ण गरी तयारीमा लाग्ने गरि निर्णय गरिएको छ ।
वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागिहरु भ्रष्टाचार बिरुद्धको नारा सहित नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपिल गरिएको छ । मंसिर २३ गते बिहान ७ बजे नेपालगन्जको गणेशमान चौक देखि शुरु भई बिपिचौक, त्रिभुवन चौक, सदरलाईन हुदै रामलिला मैदानमा पुगेर समापन गर्ने गरी रुट तय गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । बास नेपालले पश्चिम नेपालमा २०७८ साल देखि नियमित रुपमा नेपालगन्जमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन कार्यक्रम गर्दै आएकोछ ।

  • १२ मंसिर २०८३, शुक्रबार प्रकाशित

  • Nabintech