गिता मल्ल
सचिब, सशक्त महिला शेल, नेपालगञ्ज
१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०७९ साल फाल्गुण २१ गते स्थापना भएको यस संस्थाले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ५ मा बालक्लबहरुको मागको आधारमा कार्यक्रम सञ्चालन गर्नुका साथै नेपालगञ्ज वडानम्वर १० मा व्युटिपार्लर सम्बन्धि तालिम, वडा नम्वर ५ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम, वडा नम्वर ६ मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिबिर सम्पन्न गरिसकेको छ भने वडा नम्वर २० मा सिलाई कटाई तालिम सञ्चालन गरिरहेकोछ । यसका अलवा हामी महिलाहरुको हक हितका लागि काम गरिरहेका छौं ।
२.यहाँहरुको सहकार्य कुन कुन सस्था र निकायहरुसँग रहेको छ ?
– नेपालगञ्ज उपमहानगरपालिका, बिभिन्न वडा र संघ, संस्थाहरुसँग हाम्रो सहकार्य रहेको छ ।
३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– हाम्रो लक्षित बर्ग महिलाहरु हुनुहुन्छ, बाँकेमा रहेका सबै महिलाहरुको न्यायका लागि हामी काम गरिरहेका छौं ।
४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
– सयौं महिलाहरुलाई न्याय दिलाएका छौं, महिलाहरुका लागि बिभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरिरहेका छौं । हाललाई यिनै कार्यहरु उल्लेखित कार्यहरु हुन् ।
५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– आर्थिक अभाव लगायतका बिभिन्न चुनौतीहरु छन् तर ती सबै चुनौतीहरुलाई समाना गर्दै अघि बढिरहेका छौं ।
६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– लैंगिक हिंसा, लागु औषध न्यूनीकरण लगायतका कार्यहरु गर्ने हाम्रो योजना रहेको छ ।
७. अन्तमा के भन्नुहुन्छ ?
– अन्त्यमा हिंसामा परेका महिलाहरुका लागि हामी काम गरिरहेका छौं, कोही त्यस्तो महिलाहरु हुनुहुन्छ भने हामी सहयोग गर्न तयार छौं, हाम्रो सम्पर्कमा आउन र ल्याईदिनहुन अनुरोध गर्दछौं ।