युवा सांसदले लिए शपथ

असल शासन प्रतिनिधि

देशका १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित युवा सांसदहरूले शपथ लिएका छन् । उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङको प्रमुख आतिथ्यमा बिहीबार काठमाडौँको सभागृहमा आयोजित कार्यक्रममा उनीहरुलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कार्यक्रममा बोल्दै घिसिङले भक्तिको उज्यालोले मात्रै देश समृद्धि नहुने भएकाले स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएको बताए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कुर्सीको लागि नभई राष्ट्र बनाउन सम्झौता गर्नुपर्ने बताइन् । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उनको भनाइ छ । कार्यक्रममा परराष्ट्र मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरी दाहाल, युवा अभियन्ता विजय कँडेल, निगम हुमागाईंकोलगायतको उपस्थिति थियो ।

  • ९ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech