नेपालगञ्जमा स्काउट विद्यार्थीद्वारा सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

पवनराज उपाध्याय

नेपालगञ्ज /  नेपालगञ्ज मंगल प्रसाद माबि विद्यालयको आयोजनामा र जिल्ला ट्राफिक कार्यालय, नेपालगञ्जको सहयोग तथा समन्वयमा स्काउट विद्यार्थीहरूले सडक दुर्घटना न्युनिकरण तथा भिडभाड व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्।

धम्बोजी चोक र पुष्पलाल चोक क्षेत्रमा आयोजित उक्त कार्यक्रममा विद्यालयका स्काउट टोलीहरू सक्रिय भई पैदल यात्री, सवारी चालक तथा स्थानीयलाई ट्राफिक नियमबारे जानकारी गराएका थिए। उनीहरूले हातमा सूचना बोर्ड, संकेत चिन्ह, र ट्राफिक इशारा प्रयोग गरी यातायात व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा स्काउट शिक्षक इन्द्रसिंह डाँगीको नेतृत्वमा केटा तर्फको टोली नेता अजमेर अली, केटी तर्फको टोली नेता साधना थारू लगायत इमरान खान, सिर्जना भट्टराई, रेहान अन्सारी, निशा शाही, अनुजा थारू, पोषण राना, अञ्जना यादव, बल्लवी गिरी, निरया बुढा मगर, प्रशान्त बिक, अस्मिता बिक, अलिक्मा राना लगायतका स्काउट विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।

विद्यालयका शिक्षक तथा ट्राफिक प्रहरीको समन्वयमा सम्पन्न यो कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र व्यवहारिक शिक्षाप्रति अभिप्रेरणा सिर्जना गरेको छ। स्थानीय अभिभावक र बटुवा नागरिकहरूले पनि विद्यार्थीहरूको सक्रिय सहभागिता र नागरिक चेतनाप्रति प्रशंसा गरेका थिए।

  • ९ श्रावण २०८२, शुक्रबार प्रकाशित

  • Nabintech