‘सेन्थेटिक ट्रयाक’ कच्याक कुचुक

असल शासन प्रतिनिधि

राखेपबाट ठेक्का लिएको ठेकेदार कम्पनी ‘पञ्चकन्यारसाइनकोट्स जेभी’ ललितपुरले ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँको ठेक्कामा काम गरेको थियो ।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएको उक्त ठेक्काको काम सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो तर ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्रै काम सम्पन्न गरेको थियो ।

जानकारी अनुसार, निर्माण सम्पन्न भएको दाबी गरेको ठेकेदार कम्पनिले सेन्थेटिक ट्रयाक राखेपलाई हस्तान्तरण गरि सकेको छैन भुक्तानी भने ठेकेदार कम्पनीले लगभग सबै लगिसकेको को छ ।

निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तर माथि स्थानीयहरुले प्रश्न उठाउनुका साथै बिरोध जनाएका छन् ।

कम गुणस्तरको सामान प्रयोग, ट्रयाक निर्माण गर्दा माटो फिलिङ समेत राम्रोसँग नभएका कारण ट्र्याक प्रयोग नहुँदै क्षतिग्रस्त भएको छ ।

गुणस्तरहिन कार्य भइरहेको भन्दै निर्माण भइरहेकै अवस्थामा बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीप जङ्ग शाहले क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयमा तालाबन्दी समेत गरेका थिए । माग सुनुवाइ गर्ने प्रतिबद्धता पछि ताला खोलियो तर न राखेपले अनुगमन गर्यो न ठेकेदारको कामको निगरानी । परिणाम करोडौंको रकम स्वाहा भयो ।

 

  • ३ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech