नेपालगञ्ज / पब्लिक स्पिच बाँके सिजन ३ को उपाधि कृष कार्कीले हात पारेका छन् ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा सम्पन्न पब्लिक स्पिच बाँके सिजन ३ को फाईनलमा २० जना प्रतिष्पर्धीलाई पछि पार्दै कृषले उपाधि हासिल गरेका हुन ।
यसैगरी प्रतियोगितामा द्धितिय स्थान निकिता तिवारी र तृतिय स्थान कृति फुयाँलले हासिल गरेकी छिन् । प्रतियोगितामा पब्लिक च्वाईस अवार्ड जिवनी बिष्टले हात पारेकी छिन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय स्थान हासिल गर्न सफल क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसँगै प्रमाण पत्र र ट्रफि हासिल गरेका छन् । यसैगरी पब्लीक च्वाईस अवार्ड प्राप्त गर्न सफल बिष्टले नगद रु. २० हजार, प्रमाण पत्र र ट्रफि हात पारेका छन् ।
पब्लिक स्पिच बाँकेमा निर्णायकमा सन्तोष खड्का, रुद्र तिमिल्सिना र शशि शिंहले भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका बिजयीहरुलाई केएलदुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाछेड, युवा व्यवसायी कमल कार्की, अधिबक्ता तथा बास नेपालका सल्लाहकार लोक बहादुर शाह, पुर्णलालचुकेले बितरण गरेका थिए । बास नेपालले केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा हरेक बर्ष पब्लिक स्पिच बाँके सञ्चालन गर्दै आएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम बास नेपालका कार्यक्रम संयोजक अशोक रावलले सञ्चालन गरेका थिए ।