युवामैत्री स्थानीय शासनका लागि कस्ले के गर्नुपर्ला ?

तपेन्द्र मलाती

युवामैत्रि स्थानीय शासनका लागी बिशेष गरी तिनै पक्षको महत्वपुर्ण भुमिका रहनुपर्छ । सर्बप्रथम युवा मैत्री स्थानीय शासनका लागि स्वयं युवा आफ्नो अधिकार र कर्तव्यको बोध हुन जरुरी छ । त्यसका साथै संविधानले प्रदत्त गरेको युवाको अधिकार साथै संबैधानिक व्यस्थालाई व्यवाहारिक रुपमा नै कार्यान्वयन गर्ने स्थानीय निकाय र सम्बद्द तह अग्रसर हुनुका साथै तेस्रो पक्ष भनेको राज्य हो जुन सरहद र राष्ट्रका सम्बाहक युवा शक्तिलाई प्रयोग गरि राज्यको मुल प्रबाहमा ल्याई उनिहरुलाई अवसरका साथै राष्ट्रप्रति कर्तव्य बोध गराउन सके युबामैत्रि स्थानीय शासनको सवल अनुभुती गर्न सकिन्छ ।

– भगत नेपाली,  क्याम्पस प्रमुख, मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्ज, बाँके

सर्वप्रथम त युवामैत्री बनाउनका लागि प्रमुख पक्ष भनेको राज्य जुन तिनै तहको सरकार जिम्मेवार हुन जरुरी छ भने संगसंगै युवा पनि जिम्मेवार हुुन जरुरी छ । अर्को कुरा भनेको युवन नीति २०७२ जारी गरेको छ त्यस पश्चात समय क्रम अनुसार भएका प्रगतीहरु समिक्षा सहित पूर्ण संशोधन हुनुपथ्यो तर बिडम्बना त्यो हुन सकेको छैन तर त्यो हुन जरुरी छ । प्रदेशगत रुपमा युवा समितिलाई सिमित गरिएको छ त्यसलाई उसको सामाजिक रुपमा कार्यसम्पादनको हिसाबले, गतिशिलताको हिसाबले अगाडि बढाउनु पर्ने देखिन्छ साथै स्थानीय तहले उत्कृष्ठ र राम्रो युवाहरुले गर्न सक्ने कार्यहरुलाई छनौट गरेर युवामैत्री र युवालाई सहज हुने गरि काम गर्न सकेमा मात्र युवामैत्री स्थानीय शासन होला ।

आशिष वर्मा, अध्यक्ष, जिल्ला युवा क्लव सञ्जाल, बाँके

मेरो विचारमा युवामैत्री स्थानीय शासनका लागि युवाहरूलाई निष्पक्ष दृष्टिकोणबाट सुशासन र राजनीतिबारे चाँडै सिकाइनुपर्छ जसले गर्दा उनीहरू आफ्नो सहभागितामा अझ बढि जानकार भई संलग्न हुन सकून्। युवामैत्री स्थानीय शासन स्थापना गर्नका लागि सबै सरोकारवालाहरूले प्रभावकारी रूपमा सहकार्य गर्नुपर्छ र स्थानीय सरकारले आफ्नो समुदायका युवाहरुको आवश्यकता अनुसार नीति निर्माण गर्नुपर्छ । स्थानिय सरकारले निर्णयका सबै चरणहरूमा हरेक सिमान्तकृत समुदायका युवाहरुको सहभागिता सुनिश्चित गर्नु पर्छ । प्रस्तावहरु अघि बढाउनमा देखि नतिजामा प्रभाव पार्न सम्ममा, युवाहरु सम्पूर्ण प्रक्रियाको केन्द्रमा हुनुपर्छ ।

– स्वस्तिका बस्नेत, कार्यक्रम सहायक, अकाउण्टाविलिटी ल्याव नेपाल

  • ३ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech