नेपाल पत्रकार महाँसंघ बाँके शाखामा ताला

असल शासन प्रतिनिधि

नेपालगञ्ज / संयुक्त पत्रकार संघर्ष समिति बाँकेले आज नेपाल पत्रकार महाँसंघ बाँके शाखामा ताला लगाएको छ ।

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा मापदण्डलाई लत्याउदै अन्तिम नामावली सार्बजनिक गरेपछि उक्त नामावली प्रति असन्तुष्टि जनाउदै संयुक्त पत्रकार संघर्ष समितिले तालाबन्दि गरेका हो ।

साथै संघर्ष समितिले प्रेस बिज्ञप्ती प्रकाशित गर्दै निर्धारित समयमै निर्बाचन समपन्न गर्ने बातावरण बनाउनका लागि हालै सार्बजनिक अन्तिम मतदाता नामावली सच्याउन महासंघको केन्द्रीय नेतृत्व र पदाधिकारीहरुको ध्यानाकर्षण गराएको छ । यदि सदस्यता नामावली नसच्याएको खण्डमा नेपाल पत्रकार महाँसंघ बाँके शाखामा निरन्तर तालाबन्दी गरिरहने र जिल्लामा निर्बाचन सम्बन्धि कुनै गतिबिधि अगाडी नबढाउन चेतावनी समेत उक्त प्रेस बिज्ञप्तीमा लेखिएको छ ।

शुद्धीकरण मापदण्डलाई कुल्चिएर गरिएको निर्णय नसच्याए कठोर भन्दा कठोर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिदै त्यसले निम्तयाउने अप्रिय अबस्थाको जिम्मेवारी महाँसंघकै हुने प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

सदस्यता शुद्धिकरणको मापदण्ड प्रति असन्तुष्टि जनाउदै बाँकेका पत्रकारहरु महाँसंघको कार्यालयको गेटमा पुगेर बिभेदकारी सदस्यता शुद्धिकरण बिरुद्ध तालाबन्दी लेखिएको ब्यानर मुख्य गेटमै टाँगेर ताला बन्द गरिएको संयुक्त पत्रकार संघर्ष समितिले जनाएको छ ।

  • ३० भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech