सुर्खेत/ सुर्खेतको देउती बज्यै मन्दिरको मुलद्वारमा पुजारी झुन्डिएकाे अवस्थामा भेटिएकी छिन् ।
घटनाको प्रकृती हेर्दा हत्या गरिएको स्थानीयले आसंका गरेका छन् । देउती बज्यैमा महिला पुजारी कार्यरत थिइन् । स्थानीयका अनुसार, मन्दिरको मूल ढोकाको कुन्डिमा बाँधिएको कपडामा झुण्डिएको अवस्थामा पुजारीको शब देखिन्छ ।
कसैले उनको हत्या गरि ल्याएर बाँधिएको आँशका गरिएको छ । यति होचो स्थानमा बसे जस्तो गरि आत्महत्या हुनै नसक्ने स्थानीयले बताएका छन् ।
मङ्लबार राती भएको हुन सक्ने उक्त घटनाको बारे बुधबार बिहान पुजा गर्न जानेहरुले देखेका थिए । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बिहानैदेखि मन्दिरमा पुजा पाठ बन्द गरिएको छ ।